प्रतिनिधिसभा बैठक : बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

Published on

काठमाडौं । । प्रतिनिधि सभाका सांसदहरुले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमाथि अझै कारबाही नगरिएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सो घटनामा दोषी करारहरुमाथि कडा कारबाही गर्न पनि सरकारलाई दबाब दिनुभयो । सांसद राजवंशीले भन्नुभयो, ‘‘दुग्ध किसानहरुले आफ्नो दुधको पैसा करिव ६ अर्ब रुपियाँ पाउन बाँकी छ । त्यो अविलम्ब सरकारले उनीहरुलाई उपलब्ध गराओस् । त्यसैगरी मिटरब्याजी र लघुवित्त पीडितहरुको समस्या सरकारले यथाशिघ्र सम्बोधन गरोेस् भन्ने म चाहन्छु । बालकुमारी घटनाको रिपोर्ट आएको एक हप्ता भइसक्यो । त्यो तुरुन्त सार्वजनिक होस् । र दोषीमाथि कडा भन्दा कडा कारबाही गरियोस् ।’’

यता, सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले सबैभन्दा ठूलो भष्टाचार काण्डको रुपमा रहेको एनसेल छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुध किसानहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद केसीले भन्नुभयो, ‘‘नेपालको इतिहासकै सबैभन्दा ठुलो भ्रष्टाचार काण्डको रुपमा चर्चित रहेको एनसेल छानविन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता नेपाली जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार काण्ड यथार्थमा जे हो, त्यो संसदमार्फत जनतामा पुग्नुपर्दछ । र संसदले सामूहिक रुपबाट त्यसको बारेमा छलफल गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ । मिटरब्याज पीडित र दुध किसानहरुको समस्या समाधान गर्न सरकार तुरुन्तै लागोस् ।’’

अर्का सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापाले पनि दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विकास आयोजनाहरुका लागि भुक्तानी रोक्ने काम गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । सांसद थापाले भन्नुभयो, ‘‘विगतमा कामहरु अधुरा छन । सरकारले भुक्तानी दिन सकिरहेका छैन । र तत्काल लापरबाही गर्नेहरुलाई कारबाही गर्ने र कामको पैसा भुक्तानी गर्ने काम सरकारले गर्नुपर्छ । र, अर्को कुरा अहिले लघु वित्त र मिटरब्याज पीडितहरुको समस्या छ । उनीहरुको माग पूरा गर्नुपर्छ । गरिव जनताको निमित्त सरकारले काम गर्नुपर्छ ।’’ सांसदहरुले जनताको पैसा हिनामिना गर्ने सहकारीमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सांसद अम्बिका बस्नेतले सहकारी पीडितहरुलाई न्याय दिन पनि दोषी सहकारीमाथि कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभएको हो । उहाँले मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो, ‘‘सहकारीहरुले जनता पीडित भएका छन् । जुनजुन सहकारीले बदमासी गरेका छन् । ती सहकारीहरुलाई सरकारले कडाभन्दा कडा सजाय गरोस् भन्ने माग गर्दछु । आज किसानहरुले दुधको भुक्तानी नपाएर पीडित भएका छन् । उनीहरुको भुक्तानी पनि सरकारले तुरुन्त गरोस् । मिटरब्याज पीडितहरु फेरि हजारौं किलोमिटर यात्रा पार गरेर काठमाडौं आइ पुगेका छन् । उनीहरुको माग तुरुन्त पूरा गरोस् ।’’

सांसद बस्नेतले दुध किसानहरुको भुक्तानी दिने काममा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...