वर्षासँगै परेको हिउँले मनाङी कृषकमा खुशी

Published on

काठमाडौं । आकाशतिर नजर लगाउन थालेको तीन महिनापछि मनाङीले राहत महसुस गरेका छन् । आकाशबाट परेको वर्षा र सँगै परेको हिउँले यतिबेला मनाङी कृषकहरु खुशी भएका छन् ।

गत बुधबार साँझदेखि परेको हिमपातले यहाँका घर र डाँडा सेताम्मे बनेका छन् । झिसमिसेमै उठेर आकाश हेर्दा डाँडा सेताम्मे भएको मनाङ पिसाङका स्थानीय याङ्डु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजभोलि त प्रकृतिले जिस्काएजस्तै लाग्न थालेको थियो तर तीन महिनापछि राम्रैगरी हिमपात भएको छ ।’ समयमै हिमपात नहुँदा प्रकृतिले आफ्नो आहारा खोसेको गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, ‘बारीको उब्जनीले तीन महिना पनि खान पुग्दैन । हिउँदे सिजनमा झन सुख्खा हुन्छ । चरम गरिबीको भागेदार हुनुपरेको छ ।’ गुरुङ गरिब हुनुको दोष प्रकृतिलाई दिनुभयो । ‘समयमै पानी, हिमपात परेको भए अन्नबाली सप्रने, पशुका लागि घाँस पलाउने हुन्थ्यो’ उहाँले भन्नुभयो ।

नार्पाभूमि गाउँपालिकाको आयस्रोत यार्सागुम्बा र जडिबुटी हो । अन्नबाली एक महिनालाई पनि नपुग्ने स्थानीयको जीविकोपार्जन पशुपालन तथा यार्साबाटै हुन्छ । तर, केही वर्षयता यार्सा उत्पादनमा कमी आउँदा अर्थतन्त्र डामाडोल भएको गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । समयमा हिमपात नहुँदा बाह्रैमास सेताम्य भइरहने नार्पाभूमिका डाँडा कालापहाड भएको उहाँले बताउनुभयो । ‘पुसको महिना हिमपात भएमा चैतदेखि नै यार्सा उम्रन थाल्छ’ अध्यक्ष लामाले भन्नुभयो, ‘जटामसी, वन लसुन, निरमसीजस्ता जडिबुटी पनि समयमै हिमपात नभए धेरै कम पाइन्छ ।’ केही वर्षयता समयमा पानी नपर्ने, लामो समय खडेरी पर्ने, जमिन भिज्नेगरी हिउँ नपर्ने हुँदा बालीनालीमा समेत रोग लाग्ने गरेको छ । मौसम परिवर्तनले बालीनालीको उत्पादनमा ह्रास आउने र खाने मुखहरू बढ्दै जाँदा भोकमरीको जोखिम बढेको पालिकाको बुझाइ छ ।

कृषि ज्ञान केन्द्र मनाङका अधिकृत घनश्याम गैरेले यसै पनि खाद्यान्न अपुग हुने मनाङमा तीन महिनासम्म हिउँ नपर्दा खाद्य संकट आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तल्लो मनाङ बाहेकका ठाउँमा केही वर्षयतादेखि नै उत्पादन घटिरहेको छ । यस वर्ष पनि खाद्यान्न उत्पादन घट्ने देखिन्छ ।’ मनाङमा धान, मकै, कोदो उत्पादन हुँदैन । जौ, गहुँ, करु, फापर, उवा र आलु यहाँको प्रमुख उत्पादन हुने बाली हुन् । हिउँले यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...