छसय बढीको निःशुल्क स्वास्थ्य जाँच

Published on

काठमाडौं । दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा छसय बढीले सेवा लिएका छन् । जिल्लाको बगनासकालीस्थित बराङ्दीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ६७० जनाले सेवा लिएका छन् ।

शिविरमा मुटुरोग ३२८ जना, स्त्रीरोग १७४ बालरोग ४५, आँखासम्बन्धी १२३ जनाले सेवा लिएका हुन् । रिडी राम्दी समाज काठमाडाँैको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको सह–आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइराला, लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ मुटुरोग विशेषज्ञ डा। रोशन घिमिरे, स्त्रीरोग विशेषज्ञ डा। राजेन्द्र बस्याल, आँखा र बालरोग विशेषज्ञले चेकजाँच गर्नुभएको थियो । ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको सहकारीका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...