आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

Published on

काठमाडौं । दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।

दलित समुदायका स्थानीय, फरक क्षमता भएका व्यक्तिलाई व्यावसायिक अचार बनाउने तालिम प्रदान गरिएको बिगु गाउँपालिका –२ ओराङका वडा अध्यक्ष दीपक ठकुरीले बताउनुभयो । तालिममा ३५ जनाको सहभागिता थियो । अधिकांश सहभागी दलित समुदाय र अन्य महिला रहेको ठकुरीले बताउनुभयो । गाउँमै बसेर केही गर्न खोज्ने स्थानीयलाई तालिम दिएर उहाँहरूलाई पेसा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।

अचार बनाउने तालिमका लागि तालिम नभई यसले आफूलाई आत्मनिर्भर बनाउने उहाँले बताउनुभयो । तालिममा सीप सिकेपछि पेसा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्नुपर्ने उहाँले बताउनुभयो । स्थानीयले उत्पादन गरेको अचारको बजारीकरणका लागि आफूहरूले भूमिका खेल्ने र गुणस्तरीय अचार उत्पादन गरेका स्थानीयको अचार बिक्रीको जिम्मा आफूहरूले लिने उहाँको भनाइ छ । तलिमको प्रशिक्षक बबिता केसीले सहजीकरण गर्नुभएको थियो । गाउँघरमा भएका कुखुराको मासु, खसीको मासुुलगायत विभिन्न प्रकारका मासुुबाट अचार बनाउन तालिम प्रदान गरिएको थियो । तयार पारिएको अचार परीक्षणका लागि पठाइएको र यसलाई ब्रान्डिङ गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...