आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

Published on

काठमाडौं । दोलखाको बिगु गाउँपालिकाका स्थानीय महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । विगु गाउँपालिकाको आयोजनामा युवा उद्यमी साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका २ ओराङका स्थानीयलाई ४ दिने तालिम प्रदान गरिएको हो ।

दलित समुदायका स्थानीय, फरक क्षमता भएका व्यक्तिलाई व्यावसायिक अचार बनाउने तालिम प्रदान गरिएको बिगु गाउँपालिका –२ ओराङका वडा अध्यक्ष दीपक ठकुरीले बताउनुभयो । तालिममा ३५ जनाको सहभागिता थियो । अधिकांश सहभागी दलित समुदाय र अन्य महिला रहेको ठकुरीले बताउनुभयो । गाउँमै बसेर केही गर्न खोज्ने स्थानीयलाई तालिम दिएर उहाँहरूलाई पेसा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।

अचार बनाउने तालिमका लागि तालिम नभई यसले आफूलाई आत्मनिर्भर बनाउने उहाँले बताउनुभयो । तालिममा सीप सिकेपछि पेसा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्नुपर्ने उहाँले बताउनुभयो । स्थानीयले उत्पादन गरेको अचारको बजारीकरणका लागि आफूहरूले भूमिका खेल्ने र गुणस्तरीय अचार उत्पादन गरेका स्थानीयको अचार बिक्रीको जिम्मा आफूहरूले लिने उहाँको भनाइ छ । तलिमको प्रशिक्षक बबिता केसीले सहजीकरण गर्नुभएको थियो । गाउँघरमा भएका कुखुराको मासु, खसीको मासुुलगायत विभिन्न प्रकारका मासुुबाट अचार बनाउन तालिम प्रदान गरिएको थियो । तयार पारिएको अचार परीक्षणका लागि पठाइएको र यसलाई ब्रान्डिङ गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...