मौलिक हक कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री खड्का

Published on

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताउनुभयो ।

“संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरुको एकतावद्ध प्रयास आवश्यक छ” आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उहाँको भनाइ छ। उहाँले पूर्वाधार निर्माण गर्दा दूरदृष्टी आवश्यक रहेको चर्चा गर्नुभयो । आजका लागि नभइ भावी पुस्ताका लागि पनि आधार र जग बन्नेगरी पूर्वाधार निर्माण जरुरी रहेको उहाँले चर्चा गर्नुभयो । “कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन्, पछिल्लो पुस्ताका लागि पुग्नेगरी काम गर्नुपर्छ” उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरु लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताउनुभयो । “अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र संकल्पको आवश्यकता ठानेको छ” उहाँले भन्नुभयो, “राजनीतिक, भौगोलिक र सामाजिक चुनौतीहरु सामना गर्न राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।” उहाँले लोभबाट मुक्त हुनेहरु डरबाट मुक्त हुने बताउनुभयो । “यी सबै कुराबाट खारिएर उभिन सक्नेले समाज, गाउँ, क्षेत्र, प्रदेश र सिङ्गो राष्ट्रको उन्नति र प्रगतिका लागि योगदान दिनसक्छ, त्यसका लागि नेतृत्व गर्न सक्छ भन्ने नागरिकको अपेक्षा छ । त्यो खालको सोच भएकाहरुको एकतावद्ध राजनीतिक दलहरुको प्रयासका आधारमा चुनौती समाना गर्न सकिने उहाँको भनाइ छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...