नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

Published on

काठमाडौं । नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिनुभएको हो । आगामी जुनमा हुने आईसिसी टी–२० विश्वकप क्रिकेटको तयारीको रुपमा लिईएको यस सिरिजको पहिलो खेलमा मङ्गलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबिच टी–२० मा हालसम्म नौ खेल भएका छन् । जसमा दुवै टोलीले चार चार खेल जितेका छन् । एक खेल वर्षाको कारण रद्द भएको थियो नेदरल्यान्ड्सविरुद्ध आज नेपालले ललितनारायाण राजवंशी र प्रतिश जिसीलाई मौका दिइएको छ । नामिबियाविरुद्ध अघिल्दो खेलमा रहनुभएका अविनाश बोहरा र विवेककुमार यादवलाई आराम दिइएको छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल(११

रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी र सन्दीप जोरा ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...