नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै

Published on

काठमाडौं । नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध अहिले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिनुभएको हो । आगामी जुनमा हुने आईसिसी टी–२० विश्वकप क्रिकेटको तयारीको रुपमा लिईएको यस सिरिजको पहिलो खेलमा मङ्गलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबिच टी–२० मा हालसम्म नौ खेल भएका छन् । जसमा दुवै टोलीले चार चार खेल जितेका छन् । एक खेल वर्षाको कारण रद्द भएको थियो नेदरल्यान्ड्सविरुद्ध आज नेपालले ललितनारायाण राजवंशी र प्रतिश जिसीलाई मौका दिइएको छ । नामिबियाविरुद्ध अघिल्दो खेलमा रहनुभएका अविनाश बोहरा र विवेककुमार यादवलाई आराम दिइएको छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल(११

रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी र सन्दीप जोरा ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...