मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

Published on

काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ ।

एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि ‘प्लेयर अफ दि म्याच’ मधु राईले दुई तथा शोभा शर्माले एक गोल गर्नुभयो । मधेशकी शुभमले एक गोल गर्नुभयो । प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ दि म्याच’ सन्जनाकुमारी भारतीले दई तथा नमिता एसकेले एक गोल गर्नुभयो । आर्मीले कोशी प्रदेशमाथि ६–० गोलको जित निकाल्यो । आर्मीको जितमा दम्मरा भट्ट, सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले गोल गर्नुभयो । दम्मरा भट्ट ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी गरी आठ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख र तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...