दुग्ध उत्पादक कृषक आन्दोलित

Published on

काठमाडौं । तनहुँका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन् ।

कृषकहरुले तनहुँको सदरमुकाम दमौलीको भोर्लेटार चोकमा विहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । मिल्क होलि डे बन्द गर्नुपर्ने, आयतित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनैतिक पहलद्वारा अन्तराष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाईराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झै यथाशिघ्र उपलव्ध गराउनुपर्ने माग राखि कृषकहरु आन्दोलनमा उत्रिएका छन् । यस्तै, लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा ५ रुपियाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधी सम्बन्धी पशुपालनसँग सम्बन्धित बस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्रथामिकतामा राखी बिमाको रकम उपलव्ध गराउन बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत लगायतका रोगहरुको उन्मुलन गर्नुपर्ने माग कृषकको छ ।

कृषकको माग पुरा गर्नु फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित ज्ञापनपत्र बुझाईएको भएपनि सरकारले सुनुवाई नगरेकोले आन्दोलन गर्नुपरेको दुग्ध उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो । तनहुँका कृषकले मात्रै पाँच करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको र देशैभरका कृषकहरुले आठ अर्व रुपियाँ भुक्तानी लिन बाँकी रहेकोले दुग्ध उत्पादक सहकारी सङ्घसँग आवद्ध ६४ जिल्लाका कृषकहरु आन्दोलनमा उत्रिनु भएको अध्यक्ष कुँवरले बताउनुभयो । किसानको उत्पादनको बजारिकण राज्यले गर्नुपर्ने भएपनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको व्यास नगरपालिका(१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । तनहुँ सहकारी सङ्घका अध्यक्ष प्रदीपराज अधिकारीले कृषकको समस्या समाधान गर्नुपर्छ भनेर एक्यवद्धताको लागि आन्दोलनमा आएको बताउनुभयो । अधिकारीले भन्नुभयो, दुधमा आत्मनिर्भर हुने अवस्था आईरहेको बेला त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यान पुगेको छैन, दलालको चङ्गुलमा फसेर कृषक मर्कामा परेकाले आन्दोलन गर्नु परेको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...