विवाहमा गएकामाथि कुटपिट : दुई जना पक्राउ

Published on

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित रुपाचुरीका सरोज प्रजाको विवाहमा गएकाहरुमाथि कुटपिट भएको छ। प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

विवाहमा गएका मनहरी गाउँपालिका ७ रमनटारका करिब २८ वर्षीय उज्वल थिङ र राक्सिराङ गाउँपालिका ५ चुरेडाँडाका वर्ष ३० का रोनिस लामामाथि कुटपिट भएको हो । कुटपिटबाट घाइते भएका थिङको मनहरी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको छ । प्रहरीका अनुसार थिङको शरीरमा भित्री चोट लागेका कारण अवस्था गम्भीर रहेको र लामाको मुखमा चोट लागेको छ ।

कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनहरी ६ रुपाचुरीका वर्ष २९ का इमान घलान, वर्ष २२ का मनिक घलानलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै कुटपिटमा संलग्न अन्य व्यक्तिको खोज भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...