चिटिक्क परम्परागत तमान गाउँ (फोटो फिचर)

Published on

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका –३, स्थित रहेको तमान गाउँ चिटिक्क बनेको छ । केही समथर, केही भिरालो भुभागमा गुजुमुजु परेका घरहरु छन् ।

वारिपारी गाउँको विच भागहुँदै आफ्नो गतिमा बगिरहेको छ, तमान खोला । म्याग्दीको छिमेकी जिल्ला बागलुङ सदरमुकामदेखि सबैभन्दा टाढा पर्ने तमान गाउँको सुन्दरताले जोकोहीलाई आकर्षित गर्नेगरेको छ । सडकको पहुँच र आधुनिक प्रविधिको विकासले अचेल गाउँ धमाधम सिमेन्ट र क्रङ्क्रिट संरचनामा परिणत भइरहेको अवस्थामा तमान गाउँ भने आफ्नै परम्परागत रुपमा रमाइरहेको छ । रातो माटो र सेतो कमेरोले पोटिएका टलक्क टल्किने ढुङ्गे घर सबैलाई मोहित बनाउँछ । बाग्लो बस्ती र प्राकृतिक सुन्दरताले भरिपूर्ण तमान गाउँ पर्यटकीय सम्भावना बोकेको छ ।

विकट तमान गाउँलाई पछिल्लो समय गाउँपालिकाले पनि पर्यटकीय गाउँ बनाउने प्रयास थालेको छ । मगर समुदायको बाहुल्यता रहेको तमानलाई ‘मौलिक गाउँ’ का रूपमा विकास गर्न तमान खोला गाउँपालिकाले योजना बनाएको छ । ‘‘गुजुमुजु परेका घर र मौलिक परम्परागत ढुङ्गे घर मिलेर बनेको तमान गाउँको सुन्दरतालाई जोगाइ राख्न ‘मौलिक गाउँ’ का रुपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको छ’’ गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले भन्नुभयो, ‘‘यसले गर्दा भविश्यमा पनि गाउँको संस्कार संस्कृति र मौलिक परम्परा जीवितै राख्न मदत गर्नेछ ।’’

गाउँपालिकाले गाउँमा पर्यटक भित्र्याउन सिमेन्ट र क्रङ्क्रिट घरलाई निरुत्साहित गर्दै परम्परागत ढुङ्गे घरलाई जोगाइराख्ने, पूर्वाधार, व्यवस्थित ढल र पदमार्ग निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । संस्कार संस्कृतिमा धनी, मुखिया प्रथा कायम रहेको तमान गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रूपमा विकास गर्ने योजना अध्यक्ष बुढा मगरले सुनाउनुभयो । सडकको पहुँच विस्तार र गाउँमा भित्रिदैंगरेको विकासले तमानबासीलाई थप सहज भएको छ । सेवा सुविधाको खोजीमा गाउँ छाडेर बजार सर्ने वर्तमान प्रवृतिले पनि तमान गाउँलाई खासै असर नगरेको स्थानीय ८० वर्षीया नन्ददेवी बुढा मगरले बताउनुभयो ।

‘‘गाउँमै सडक आएको छ, ठुला विद्यालय भवन बनेका छन् । पहिलेको तुलनामा सहज स्वास्थ्य सेवा उपलब्ध छ । त्यसमाथि गाउँघरमा बजारजस्तो सबैचिज किनेर खान पर्दैन । त्यसैले पनि हाम्रो गाउँलाई बसाइँसराइले खासै असर गरेको छैन’’ उहाँले भन्नुभयो । बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका गाउँपालिका–४, हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ । तमान गाउँ रमणीय रहेको म्याग्दीको मालिका गाउँपालिका–४, का दलबहादुर घर्ती मगरले बताउनुभयो ।

गाउँको मौलिक सुन्दरता, परम्परागत संस्कृतिलाई जोगाइ राख्न र पर्यटकका लागि थप पूर्वाधार विकास गर्न सके भविश्यमा तमानबासीले पर्यटन क्षेत्रबाट ठुलो आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...

चीनद्वारा दुई परीक्षण उपग्रह अन्तरिक्षमा प्रक्षेपण

काठमाडौं । चीनले पृथ्वी अवलोकन सम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह...

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

काठमाडौं । जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना...