पश्चिम नवलपरासीमा रास्वपालाई समानुपातिकमा करिब एक लाख मत

Published on

काठमाडौं । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ झन्डै एक लाख मत प्राप्त गरेको छ । दुवै निर्वाचन क्षेत्रको आज बिहान सम्पन्न मतगणना अनुसार रास्वपाले समानुपातिक तर्फ कुल सदर मत एक लाख ६५ हजार ३८७ को ५९.२४ प्रतिशत अर्थात ९७ हजार ९७९ मत प्राप्त गरेको हो । रास्वपाले क्षेत्र नम्बर एकमा ४७ हजार ४०७ र क्षेत्र नम्बर दुईमा ५० हजार ५७२ मत प्राप्त गरेको छ । अन्य सबै दलले प्राप्त गरेको कुल मत भन्दा रास्वपाले प्राप्त गरेको मत बढि छ । दुवै निर्वाचन क्षेत्रमा गरि नेपाली कांग्रेसले समानुपातिक तर्फ २० हजार ३३४ मत पाएको छ भने जनता समाजवादी पार्टी जसपा नेपालले १२ हजार ७५१ मत प्राप्त गरेको छ ।

नेकपा एमालेले १० हजार ७७७ मत प्राप्त गर्दा राप्रपाले सात हजार ५५४ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले जम्मा दुई हजार ९२१ मत प्राप्त गर्दा जनमत पार्टीले दुई हजार ५९३ मत पाएको छ । नवलपरासीमा हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीले पनि दुवै क्षेत्रमा गरि समानुपातिक तर्फ कुल दुई हजार ७५ मत प्राप्त गरेको छ । नवलपरासीमा दुवै निर्वाचन क्षेत्रमा फराकिलो अन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाल र नरेन्द्र गुप्ता बिजयी हुनुभएको थियो । गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...