चार प्रदेशमा सामान्य बर्षा, पर्सीदेखि सुधार हुने

Published on

काठमाडौं । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का बर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूर्णतया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ । उहाँका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूर्णतया बदली रही केही भूभागमा सामान्य बर्षाको सम्भावना रहेको छ । पर्सी सोमबारदेखि भने मौसममा सुधार हुँदैजाने मौसमविद् अर्यालको भनाइ छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...