निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

Published on

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । नवलपुरको सदरमुकाम कावासोतीबाट मतपत्रसहितका निर्वाचन सामग्री बुझेर मतदान स्थल प्रस्थान गर्ने काम जारी छ । नवलपुरका पहाडी विकट क्षेत्रहरूमा आइतबार नै मतपत्र र मतपेटिकासहितका सामग्री लिएर कर्मचारीहरू प्रस्थान गरेका हुन् भने सुगम क्षेत्रका मतदान केन्द्रहरूमा सोमबार बिहानैबाट सामग्री बुझेर प्रस्थान गर्ने क्रम जारी छ । मतदान अधिकृत र सहायक कर्मचारी तथा सुरक्षाकर्मीको टोलीसहित सामग्रीहरू पठाउने क्रम जारी छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार सोमबार साँझसम्म सबै मतदान केन्द्रमा सामग्री र कर्मचारीहरू पुग्नेछन् । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा एक सय १४ वटा मतदान स्थल र ३ सय ११ मतदान केन्द्र रहेका छन् ।

जिल्लामा एउटा अस्थायी मतदान केन्द्र रहेको छ । निर्वाचन कार्यालयले मतपत्रसहित पचास प्रकारका निर्वाचन सामग्री मतदान स्थलका लागि पठाएको छ । मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, मार्कर, मतदाता नामावली, छेकाबार लगायतका मतदानका दिन आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू मतदान अधिकृतलाई जिम्मा लगाएर पठाइएको निर्वाचन कार्यालय प्रमुख भुसालले बताउनुभयो । नवलपुरमा एक हजार ८६९ कर्मचारी निर्वाचनका लागि खटिँदै छन् । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल २ लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी कुल १ लाख ३७ हजार ८१ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ तर्फ पुरुष मतदाता ६३ हजार ७२, महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता ३ जना गरी कुल १ लाख ३१ हजार ४४५ मतदाता रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...