‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु

Published on

काठमाडौं । फुटवलका प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ ।

कोहलपुरको १३ बिघा मैदानमा चार दिनसम्म सञ्चालन हुने कोचिङ्ग कोर्षमा एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनुहुनेछ । जिल्ला खेलकुद विकास समितिको गठनपश्चात पहिलो पटक आयोजना भएको सो प्रशिक्षण कार्यक्रमको कोहलपुर नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम गरी उदघाटन गरिएको छ । सो कार्यक्रममा कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर संगिता सुवेदी, राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य एलवि क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा कोहलपुरका मेयर आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको विषय भएको जनाउँदै अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टीमलाई लिड गर्नु भएका हरी खड्का कोहलपुरमा उपस्थित हुनुलाई गौरव ठान्नुपर्ने बताउनुभयो । कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउनेगरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने मेयर आचार्यले बताउनुभयो ।

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागिता छ । कोहलपुर नगरपालिका र रेसिङ सहारा क्लबबिचको सहकार्य र एन्फाको सहयोगमा सो कोचिङ कोर्ष सञ्चालन भएको हो । यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हव बनाउन सहयोग गर्ने सहभागिले बताएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...