वडा कार्यालय भवनको शिलान्यास

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका –३ भाडगाउँको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।

नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबिच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शिलान्यास गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख पन्थीले नगरपालिका सधैं नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो । निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडाबासीले सहज रुपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नगरप्रमुख पन्थीले वडा कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने समाजसेवी जग्गादाता डिलाराम मरासिनीलाई बधाईसहित धन्यवाद व्यक्त गर्नुभयो । समाजसेवी मरासिनीले वडा कार्यालय भवन निर्माणका लागि एक रोपनीभन्दा बढी जग्गा प्रदान गर्नुभएको छ । यस वडा कार्यालय भवनको निर्माणको काम असार १५ गतेभित्र इस्टिमेटअनुसार सम्पन्न गर्नेगरी जोग्मा विल्डर्ससँग सम्झौता भएको छ । एक करोड २० लाख लागतमा अपाङ्गमैत्री भवन निर्माण हुने भएको छ । १२७० स्क्वायर फिटमा भवन निर्माण हुन लागेको र पछि सभाहल समेत थप्न सकिने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताउनुभयो ।

उपप्रमुख अमृतादेवी कुँवर, नेपाली कांग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डे, वडा सदस्य तथा कार्यपालिका सदस्य, वडाका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...