त्रिकोणात्मक टी–२० सिरिज फाइनलमा नेदरल्यान्ड्स र नेपाल भिड्ने

Published on

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबिचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाडेका छन्।

योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका हुन्। नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ। यता नामिबियाले भने तीन अङ्क जोड्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो। खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो। फाइनल खेल फागुन २२ गते हुनेछ।

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...