चोरमारा–दाउन्ने सडक खण्ड अवरुद्ध, यात्रुको सास्ती

Published on

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको चोरमारा–दाउन्ने सडकखण्ड रातिदेखि अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती पाएका छन् । सडक मर्मत र हल्का पानी परेकाले बाटो चिप्लो भएका कारण जाम हुँदा यात्रुले सास्ती पाएका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार साना सवारी साधन हल्का सञ्चालनमा आए पनि ठुला सवारी साधन चल्न सकेको छैन । जाम भएको सडक खुलाउन कसैले पहल नगर्दा पनि यात्रु घण्टौँसम्म जाममा परेका छन् । पूर्वी नवलपरासीभन्दा पश्चिम नवलपरासीमा बढी समस्या देखिएको नवलपुरका वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिनुभयो । ‘लोड बोकेका गाडीको लामो लाइन भएको र राति हल्का पानी परेकाले निर्माणाधीन सडकमा समस्या देखिएको छ, वरिष्ठ प्रहरी सहायक निरीक्षक कुँवरले भन्नुभयो । रातभरि जाम पर्दा पनि कसैले खुलाउन पहल नगर्दा यात्रुले थप सास्ती पाएका हुन् । बाटो तत्काल खुल्न नसक्ने प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा यो सडकखण्ड पार गर्न अहिले सबैभन्दा कठिन छ । घुमाउरो बाटोमा भित्ता कटान गरेका कारण घाम लाग्दा धुलाम्मे हुने यो सडक हल्का पानी पर्दा पनि चिप्लो हुने गरेकाले यात्रा गर्न कठिन हुनेगरेको हो ।

सडक विस्तारको काम भइरहेको नारायाघाट–बुटवल सडकखण्डको हालसम्म खण्ड ‘क’ मा ४८।१६ प्रतिशत अर्थात् २४ किलोमिटर एकतर्फी पिच भएको छ । खण्ड ‘ख’ मा पिच नभए पनि ४६ प्रतिशत भौतिक प्रगति भएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालि।का प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिनुभयो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४।४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८।५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । निर्माण कम्पनीले यो वर्षभित्रमा नारायणघाटदेखि दुम्कीवाससम्ममा एकतर्फी पिच गरिसक्ने प्रतिबद्धता जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...