चोरमारा–दाउन्ने सडक खण्ड अवरुद्ध, यात्रुको सास्ती

Published on

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको चोरमारा–दाउन्ने सडकखण्ड रातिदेखि अवरुद्ध हुँदा हजारौँ यात्रुले सास्ती पाएका छन् । सडक मर्मत र हल्का पानी परेकाले बाटो चिप्लो भएका कारण जाम हुँदा यात्रुले सास्ती पाएका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार साना सवारी साधन हल्का सञ्चालनमा आए पनि ठुला सवारी साधन चल्न सकेको छैन । जाम भएको सडक खुलाउन कसैले पहल नगर्दा पनि यात्रु घण्टौँसम्म जाममा परेका छन् । पूर्वी नवलपरासीभन्दा पश्चिम नवलपरासीमा बढी समस्या देखिएको नवलपुरका वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिनुभयो । ‘लोड बोकेका गाडीको लामो लाइन भएको र राति हल्का पानी परेकाले निर्माणाधीन सडकमा समस्या देखिएको छ, वरिष्ठ प्रहरी सहायक निरीक्षक कुँवरले भन्नुभयो । रातभरि जाम पर्दा पनि कसैले खुलाउन पहल नगर्दा यात्रुले थप सास्ती पाएका हुन् । बाटो तत्काल खुल्न नसक्ने प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा यो सडकखण्ड पार गर्न अहिले सबैभन्दा कठिन छ । घुमाउरो बाटोमा भित्ता कटान गरेका कारण घाम लाग्दा धुलाम्मे हुने यो सडक हल्का पानी पर्दा पनि चिप्लो हुने गरेकाले यात्रा गर्न कठिन हुनेगरेको हो ।

सडक विस्तारको काम भइरहेको नारायाघाट–बुटवल सडकखण्डको हालसम्म खण्ड ‘क’ मा ४८।१६ प्रतिशत अर्थात् २४ किलोमिटर एकतर्फी पिच भएको छ । खण्ड ‘ख’ मा पिच नभए पनि ४६ प्रतिशत भौतिक प्रगति भएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालि।का प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिनुभयो । गैँडाकोटदेखि दाउन्नेसम्म ६४।४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८।५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । निर्माण कम्पनीले यो वर्षभित्रमा नारायणघाटदेखि दुम्कीवाससम्ममा एकतर्फी पिच गरिसक्ने प्रतिबद्धता जनाएको छ ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...