धरान एक्स्पोमा कृषिदेखि विदेशी औद्योगिकसम्मको व्यापार

Published on

काठमाडौं । स्थानिय व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पोमा कृषि, स्वदेशी तथा विदेशी औद्योगिक व्यापार प्रदर्शनमा राखेको छ ।
यही फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा नेपालमा उत्पादितदेखि स्वदेशी तथा विदेशी औद्योगिक व्यापार उत्साहजनक रहेको आयोजकले बताएको छ ।

आयोजक समितिका सदस्य सचिव महेन्द्र प्रधानले एक्सपोमा एक लाख मानिसले अवलोकन गरेको बताउनुभयो । साथै नौ करोडसम्मको व्यापार भएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय उत्पादनको माग बढी भएकाले सामग्री अझै मगाएको सचिव प्रधानले बताउनुभयो । एक्सपोमा नेपालका विभिन्न जिल्लाको अर्गानिक कृषि उत्पादनदेखि हस्तकलाका सामग्री, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुका साथै भारत, बंगलादेश र पाकिस्तानलगायतका देशमा उत्पादित सामन राखिएका छन् । एक्सपोमा बराहक्षेत्रका कृषक अर्जुन राईले स्ट्रबेरि, बेसार, टमाटर, चाइनिज साग, बन्दाकोपी, खोर्सानीलगायत तरकारी एक्सपोमा बेच्न आउनुभएको छ ।

गत वर्षको तुलनामा यस वर्ष व्यापारमा कमी भएको भए पनि व्यापारमा घाटा भने नभएको उहाँको भनाइ छ । स्वास्थ्यलाई ध्यानमा राख्दै विषादी रहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले विशेष टेवा पुर्याएको आयोजकले जनाएको छ । यसैगरी, धरानकै उद्योगी मनीता घिमिरेले आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन उद्योग सञ्चालन गरिरहेको बताउनुभयो । सानो लगानीबाट साबुन व्यावसाय गर्न सकिने पनि उहाँको भनाइ छ । उहाँले पनि गत वर्षको तुलनामा यस वर्ष व्यापार कम भएको गुनासो गर्नुभयो ।

एक्सपोमा मनोरञ्जनका लागि रोटे पिङ, नाउलगायत हरेक दिन राष्ट्रिय कलाकारहरुबाट सांकृतिक कार्यक्रम गर्दै आएको छ । एक्सपोमा टिकट र पार्किङ शुल्क निःशुल्क गरिएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...