गाउँपालिका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published on

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित आठ जनाविरुद्ध दश लाख २९ हजार ३२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चंखेली गाउँपालिका वडा नं। ३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चौलागाईसहित निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सब–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाविरुद्ध उक्त कार्यको नापजाँच नै नगरी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गरी कार्य सम्पन्न प्रतिवेदन दिई भुक्तानीको टिप्पणी र आदेश सदर गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरू आधार मानी दश लाख २९ हजार ३२५ रुपियाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोप लागेको छ ।

उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढा र सचिव हंस बहादुर ऐडीले आर्थिक वर्ष २०७४÷०७५ मा सम्झौता बमोजिमको कुनै कार्य नगरी झुट्टा बिल भरपाई, डोर हाजिरी लगायतका कागजात पेस गरी सो रकम भुक्तानी लिएको आरोप लागेको छ । यसैगरी, सो गाउँपालिकाको वडा नं। ३ का तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी नभएको कामलाई समेत सम्पन्न भएको भनी गाउँपालिकालाई सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद रजरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...