प्रधानमन्त्री प्रचण्डद्वारा पञ्चकोट अवलोकन (फोटो फिचर)

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन र दर्शन गर्नुभएको छ ।

पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन शनिबार पञ्चकोट आउनुभएका प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई स्वामी कमलनयनाचार्यले कुटीमा स्वागत गर्नुभयो । यहाँ निर्माण भएका गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित दर्शन गर्नुभयो । अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा धार्मिक पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थल बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘‘महायज्ञमार्फत धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने यहाँहरुको उद्देश्यलाई सरकारको पनि साथ र सहयोग हुनेछ । यहाँ निर्माणधीन भौतिक पूर्वाधारलाई चाँडो निर्माण सम्पन्न गर्न सहयोग हुनेछ ।’’ प्रधानमन्त्री प्रचण्डलाई विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । फागुन ९ गते देखि सुरु भएको महायज्ञ २३ गते सम्म सञ्चालन हुनेछ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...