प्रधानमन्त्री प्रचण्डद्वारा पञ्चकोट अवलोकन (फोटो फिचर)

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन र दर्शन गर्नुभएको छ ।

पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन शनिबार पञ्चकोट आउनुभएका प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई स्वामी कमलनयनाचार्यले कुटीमा स्वागत गर्नुभयो । यहाँ निर्माण भएका गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित दर्शन गर्नुभयो । अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा धार्मिक पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थल बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘‘महायज्ञमार्फत धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने यहाँहरुको उद्देश्यलाई सरकारको पनि साथ र सहयोग हुनेछ । यहाँ निर्माणधीन भौतिक पूर्वाधारलाई चाँडो निर्माण सम्पन्न गर्न सहयोग हुनेछ ।’’ प्रधानमन्त्री प्रचण्डलाई विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । फागुन ९ गते देखि सुरु भएको महायज्ञ २३ गते सम्म सञ्चालन हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...