तरकारी खेतीबाट मासिक लाख आम्दानी

Published on

काठमाडौं । एक दशक विदेशी भूमिमा बसेर फर्किनुभएका दुई युवाले तरकारी खेतीबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्नुभएको छ । जिल्लाको रामपुर–४, देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले तरकारी खेतीबाट मासिक एक लाख आम्दानी गर्नुभएको हो ।

१० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएका दिलबहादुर र लालबहादुर दुवै जना आठ वर्ष बहराइनमा बसेर फर्कनुभएको हो । अब विदेश नजाने निधो गरेर आफूहरूले विगत चार वर्षदेखि मौसमी र बेमौसमी तरकारी खेती गरिरहेको दिलबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशमा आठ वर्ष बसेर फर्कियो अब विदेश नजाने भनेर तरकारी खेती गरेका छौँ, घरमै परिवारसँगै बसेर तरकारी खेतीबाट राम्रो आम्दानी गरेका छौँ ।’ विदेशी भूमिमा पैसा मात्र छ तर परिवार सुख र खुसी छैन उहाँले भन्नुभयो । कोरोना सङ्क्रमणपछि विदेशबाट फर्किएपछि चार वर्षदेखि देवीस्थानमा तरकारी खेती गरेर राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । दुई युवाले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या छैन । रामपुर बजार, स्याङ्जा बजारका लागि तरकारी जाने गरेको उहाँले बताउनुभयो ।

हाम्रो आधुनिक कृषि फर्मबाट सिमी, बोडी, टमाटर, घिरौंला, करेला, फर्सी, बोडी, काँक्रालगायतका तरकारी फर्ममा उत्पादन हुने लालबहादुरले बताउनुभयो । यसबाहेक उक्त फर्ममा दशैँ–तिहारका बेला मखमली, सयपत्री जातका फूलसमेत उत्पादन हुनेगरेको छ । विगत चार वर्षदेखि सिजनमा फूल र माला उत्पादन गरेर बिक्री गरिएको लालबहादुरले बताउनुभयो । फूलबाट समेत आम्दानी भएको उहाँको भनाइ छ । दिलबहादुरका अनुसार तरकारी सहज रुपमा हुर्कन र बजारभाउ पाए लगानीको ७० प्रतिशत नाफा हुन्छ । तरकारी हुर्काउन, बजारसम्म लैजान अधिकांश समय आफूहरू नै खट्ने लालबहादुरको भनाइ छ । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ आवश्यक परेको खण्डमा बाहिरबाट ज्यामी बोलाउँछौँ, अरुबेला हामी दुई भाइ नै तरकारी उत्पादन र बजारसम्म पुयाउन खट्छौँ ।’

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...