बागमतीमा कांग्रेसका छ मन्त्रीले राजीनामा दिँदै

Published on

काठमाडौं । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

१२ सदस्यीय मन्त्रिमण्डल रहेको यस प्रदेशमा कांग्रेसका छ जना मन्त्रीले आज (बुधबार)नै राजीनामा दिने भएका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकार छाड्ने निर्णयमा पुगेको कांग्रेस बागमती प्रदेश संसदीय दलले जनाएको छ । प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकार छाड्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले आफूहरू प्रदेश राजधानी बाहिर रहेको र हेटौँडा आएर आजै राजीनामा दिने बताउनुभयो ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका चित्रकारले कांग्रेसबाट सरकारमा सहभागी छ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने बताउनुभयो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले हेटौँडा पुगेर राजीनामा दिने गरी आउँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत आजै फिर्ता लिने छौ ।’’ आर्थिक मामिला तथा योजनामन्त्री तामाङ र प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा विदेश रहनुभएकोमा आजै नेपाल फर्कनुभएको हो । प्रदेशको मन्त्री मण्डलमा कांग्रेसबाट तामाङ नेतृत्वमा चित्रकार, लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्का रहनुभएको छ । गत वर्ष पुसमा यस प्रदेशमा बामगठबन्धनको सरकार रहेको केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै लोकतान्त्रिक बामगठबन्धन बनेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...