सप्तरीको कृष्णाराम मरौटी स्थल ओझेलमा

Published on

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको १ स्थित चुरे पहाडमा अवस्थित कृष्णाराम मरौटी स्थल ओझेलमा परेको छ । जिल्लाको लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटी आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउने सम्भावना रहेको स्थल ओझेलमा परेको हो ।

यस ठाउँसम्म पुग्न सहज, सुगम बाटो धाटो नभएको कारण आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउन नसक्दा ओझेलमा परेको स्थानीय बताउँछन् । आन्तरिक तथा बाह्यपर्यटक भित्र्याउन सम्भावना रहेता पनि बाटो धाटोको ब्यवस्थापन हुनसक्दा र प्रचार प्रसारको समेत हुन नसक्दा चूरे जंगलमा अवस्थित सप्तरी र उदयपुर जिल्लाको सिमानामा पर्ने यस स्थल ओझेलमा परेको स्थानिय रामी यादव बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाको महुली बजारदेखि करिब १४ किलोमिटर उत्तरतर्फकोचूरे जंगलमा अवस्थित, लोक संस्कृतिसँग जोडिएको लोकनायक कृष्णाराम मरौटीस्थल छन् । लोक देवताको रूपमा पुजित कृष्णाराम र शोभरण दुई दाजुभाइ रहेको बुढा पाखा सुग्मवर यादव बताउँछन् । उहाँले कृष्णारामले त्यसक्षेत्रमा आफ्ना गाईभैंसीका बथान राख्ने गरेको किंवदन्ती रहेको बताउनुहुन्छ । कृष्णाराम त्यहाँ गाई चराउने गर्दथे र फुर्सदमा कुश्ती खेल्ने गरेको लोकगाथामा उल्लेख छ ।

नव विवाहित पत्नीलाई समेत बिर्सेर उनी गाईवस्तुमै बढी समय बिताउने गरेका कारण उहाँकी पत्नी बुधनी दुःखी रहन्थिन् । त्यसैले आमा कजलाले माइलो छोरा शोभरणलाई केही दिनका लागि दाजुलाई घर ल्याउनपठाएकी थिइन । भाइ लिन आएपश्चात कृष्णाराम घर फर्किने क्रममा दुवै दाजुभाइ लोकनायक सलहेशका भाञ्जा कारिकान्तद्वारा नेबुवा बागमा मारिएपछि सो क्षेत्र पशुपालकका लागि पुजनीय स्थल बन्न पुगेको किंवदन्ती छ । दाजुभाइ मारिएको स्थलमा अझैं रूखमुनि सयौंको संख्यामा काला पत्थरका टुक्राहरू थुपारिएका छन् भने उक्त टुक्राहरू दुवै दाजुभाइको शरीरको अङ्ग भएको जनविश्वास छ । कृष्णारामको मृत्यु भएको कारणले सो स्थललाई मरौटी भनेर चिनिन्छ ।

ूत्यस स्थानमा जनार दिने प्रचलन छ भने घरमा पालेको गाई–भैंसी ब्याउँदा पहिले कृष्णारामलाई खीर, दही, लड्डु र पान सुपारी अगरवतीसहितका प्रसादको रूपमा चढाउने परम्परा रहेको सस्कृति विज्ञ अनिल कुमार अनल बताउनुहुन्छ । मरौटीस्थलमा अनेकौं भाकलहरु पनि गरिन्छ,उहाँले भन्नुभयो । भाकल पूरा भएपछि यहाँ खीर, दही, लड्डु र पान सुपारी अगरवतीसहितका प्रसादको रूपमा चढाउने परम्परा रहिआएको बताउनुभयो । किसानहरूको श्रम पेशासित जोडिएको पशुपालन र पशुपालनसित जोडिएको कृष्णारामको गाथालाई स्मरण गराउने मरौटी क्षेत्रलाई सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकास गर्न बाटो–घाटो र शान्ति सुरक्षाको उचित व्यवस्थाकासाथै प्रचार प्रसार गर्न सके जिल्लाकै आर्थिक अवस्था सुदृढ हुने सम्भावना छ । लोकनायक कृष्णाराम मरौटीस्थलको आफ्नै ऐतिहासिक विशेषता छ, यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय स्थल बनाउन सकिए जिल्लाको मात्रै नभएर प्रदेशकै आर्थिक अवस्था सुदृढ हुने सम्भावना रहेको उहाँले बताउनुहुँदै यस क्षेत्रको विकासका साथै बाटोघाटो र शान्ति सुरक्षाको उचित व्यवस्था हुनु अति आवश्यक रहेको उहाँको भनाइ छ ।

यस मनोरम स्थलसम्म पुग्न खोला तथा गुफा भएर जानुपर्ने बाध्यता छन् । ठाउँ–ठाउँमा झरनाको मनोरम दृश्य, जङ्गलको चराचुरूङ्गीको आवाजका साथै अन्य आकर्षक दृश्यहरूले पर्यटक तथा दर्शनार्थीहरूको मन लोभ्याउने गर्छन् । यस स्थलमा नेपाल लगायत भारतको सुपोल,मधुवनी, सहर्षा, अररिया, झंझारपुर, दरभंगा क्षेत्रबाटसमेत दर्शनार्थीहरू आउने गरेपनि बाटो–घाटो, खानेपानी, व्यवस्थित धर्मशाला र शान्ति सुरक्षाको अभावले यो महत्वपूर्ण स्थल ओझेलमा पर्न गएकोले सम्बन्धीत निकायको ध्यान जानु आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।

ताजा समाचार

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक...

हवाई टिकटमा भ्याट हटाउन माग

काठमाडौं । हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउनुपर्ने निजी क्षेत्रले माग...

शव खोज्न सगरमाथातर्फ नेपाली सेना

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन : उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै...