अफगानिस्तानमा बालिका तथा महिलाको अधिकारलाई प्राथमिकता दिन आग्रह

Published on

काठमाडौं । अफगानिस्तानमा महिलाहरूलाई आधारभूत अधिकारबाट वञ्चित भएको विवरणह आइरहेका समयमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, भोल्कर टर्कले अफगानिस्तानमा महिला तथा किशोरी अधिकारलाई प्राथमिकता दिन आह्वान गर्नु भएको छ ।

तुर्कले अफगानिस्तानले सामना गर्ने महिला तथा किशोरीहरूको अधिकारको अत्यधिक उल्लङ्घनको विषयमा ध्यानाकर्षण गर्नुभएको खामा प्रेसले आफ्नो समाचारमा लेखेको छ । अफगानिस्तानमा मानव अधिकारका लागि संयुक्त राष्टसङ्घीय विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिला तथा बिशोरहरूको दुरावस्थालाई विशेष जोड दिँदै अफगानिस्तान मानव अधिकारको गम्भीर अवस्थामा तुर्कको चिन्तालाई उजागर गर्नुभयो । महिला अधिकारमा ध्यान केन्द्रित गर्दै अफगानिस्तानको इस्लामिक इमिरेटसँगको कुनै पनि अन्तरक्रियाका लागि मानव अधिकारको मौलिक सम्मान पूर्व शर्त भएको बेनेटले बताउनुभयो । तालिबानले सत्ता कब्जा गरेको दुई वर्षभन्दा बढी समयपछि अफगानिस्तानमा मानव अधिकारको निरन्तर ह्रासबारे बेनेटको प्रतिवेदन २९ फेब्रुअरीमा संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदमा पठाइएको थियो । खामा प्रेसका अनुसार तुर्कले मानव अधिकारका मुद्दाहरूमा मात्र नभई तालिबानले सञ्चारमाध्यम र पत्रकारिताको दमनको बारेमा पनि चिन्ता व्यक्त गर्नुभएको छ

प्रतिवेदनमा कान्दाहारमा व्यक्तिहरूको तस्बिरको प्रकाशनलाई गैरकानुनी बनाउने र खोस्ट प्रान्तमा महिलाहरूलाई रेडियो कार्यक्रममा समेत निषेध गर्ने जस्ता उपायहरू समावेश छन् । यद्यपि, तालिवान प्रशासनका प्रवक्ता जबिहुल्लाह मुजाहिदले महिला अधिकारका लागि वर्तमान् सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । मानव अधिकारको उल्लङ्घनलाई अस्वीकार गरी पश्चिमी राष्ट्रहरूले अफगान सरकारलाई दबाब दिन यी दावीहरू प्रयोग गरेको दावी उहाँले गर्नुभयो । तालिबानले महिला अधिकारमा लगाएको कडा प्रतिबन्धले उनीहरूको शिक्षा र रोजगारीका अवसरहरूमा घातक प्रभाव पारेको छ । अफगान महिला तथा बालिकाहरूले सशक्तिकरण र आर्थिक स्वतन्त्रताको लागि आवश्यक मार्गहरूबाट वञ्चित गर्दै विद्यालय जान वा सुखद भविष्यको खोजी गर्न विकराल अवरोधहरूको सामना गरिरहेका छन् । यसैगरी, अन्तर्राष्ट्रिय समुदायले व्यापक मानवीय प्रयासको एक हिस्साको रूपमा अफगान महिला अधिकारको संरक्षण र समर्थनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको खामा प्रेसले जनाएको छ । रासस/एएनआई

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...