आसियान र अष्ट्रेलियाद्वारा गाजा युद्धविरामको आह्वान

Published on

काठमाडौं । अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।

आसियान र अष्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफुहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दीगो युद्धविरामका लागि आग्रह गरेका हुन् । सबै नागरिक तथा नागरिकहरूको प्रगतिका लागि पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै युद्धले गर्दा गाजामा खाना, पानी र अन्य आधारभूत आवश्यकतामा पहुँचसहित मानवीय सङ्कट अझै बल्झिदै गएको उनीहरूले मेलबर्न घोषणामा उल्लेख गरेका छन् ।

यसैगरी, उनीहरूले समुद्रमार्फत सीमा पार क्षमता बढाउन आवश्यक पर्ने सबैलाई द्रूत, सुरक्षित, निर्बाध र दीगो मानवीय पहुँचका लागि आह्वानसमेत गरेका छन् । रासस\सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...