गोरखापत्रकर्मी खतिवडा सहित ३० जना महिला सम्मानित

Published on

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका महिलालाई सम्मान गरेको छ । उक्त अवसरमा उपसभामुख इन्दिरा राना मगर, मुना मासिकका सह–सम्पादक लक्ष्मी खतिवडा, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो ।

कार्यक्रमको अवसरमा नेता झालनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएको बताउनुभयो । उहाँले साहाना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज महिला नेतृले नेपाली समाजमा महिलाको राजनीतिक, आर्थिक र सामाजिक सशक्तीकरणका लागि उठाएको आवाजको परिणामले समाजमा निक्कै परिवर्तन आएको धारणा व्यक्त गर्नुभयो । उपसभामुख इन्दिरा रानामगरले सो प्रतिष्ठानले देशै भरी विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताउनुभयो ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...