लक्ष्यको त्रिहत्तर प्रतिशत राजस्व सङ्कलन

Published on

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०र८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपियाँ रहेकामा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३।४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयको माघको मात्र ५७ करोड ६६ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा सो एक महिनामा लक्ष्यको ९३।१८ प्रतिशत अर्थात् ५३ करोड ७३ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएकको छ । कार्यालयले गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । राजस्व कार्यालयले आयकर, घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । कार्यालयले गत माघमा आयकर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले चालु आवको गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा आयकरबापत ५६ करोड ७० लाख ८५ हजार, घरबहाल करबापत ९८ लाख २१ हजार, ब्याज कर पाँच करोड ५३ लाख, मूल्य अभिवृद्धि कर ६२ करोड ४१ लाख चार हजार, अन्तःशुल्क एक अर्ब ८८ करोड ३२ लाख ७१ हजार र स्वास्थ्य सेवा कर ३२ करोड ९१ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...