दुई हजारभन्दा बढी बालबालिकाले लगाउन पाएनन् खोप

Published on

काठमाडौं । सिन्धुली जिल्लामा हालै सञ्चालित दादुरा–रुबेला खोप अभियानमा दुई हजारभन्दा बढी बालबालिका उक्त खोप लगाउनबाट छुटेको पाइएको छ ।

उक्त अभियानअन्तर्गत नौ महिनादेखि पाच वर्ष उमेर समूहका २१ हजार ७४ जना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने लक्ष्य भएकोमा विभिन्न समस्याले दुई हजार १३० जना बालबालिका छुटेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार यही फागुन १५ देखि १९ सम्म सञ्चालन भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १८ हजार ९४४ जनाा बालबालिकाले उक्त खोप लगाएका छन् । खोप लगाउने अभियान सञ्चालन भएको बेला लक्षित समूहका बालबालिकामध्ये कसैलाई ज्वरो आएको, कसैले विविध समस्याका कारण औषधी खाइरहेको भेटिएकाले त्यस्ता बालिबालिका खोप लगाउनबाट छुटेको कार्यालयका खोप निरीक्षक पुष्पराज पन्तले जानकारी दिनुभयो ।

‘‘अब छुटेका बालबालिकालाई नियमित खाप सञ्चालन भएको बेला दादुरा–रुबेलाविरुद्धको पनि खोप लगाउछौं,’’ उहाँले भन्नुभयो, ‘‘जिल्लाका नौ वटा पालिकामध्ये प्रत्येक महिना १ देखि ५ गतेसम्म तीन वटा पालिकामा र १० देखि १५ गतेसम्म छ वटा पालिकामा नियमित खोप सञ्चालन हुँदै आएको छ ।’’ उहाँका अनुसार उक्त अभिायनअन्तर्गत दादुरा–रुवेलाको सङ्क्रमणलाई न्यूनीकरण गर्न जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकामा गरी ३४७ खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको थियो । जिल्लामा नियमित खोप केन्द्र २२९ वटा छन् । उक्त अभिायनमा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन ३४७ जना स्वास्थ्यकर्मी र ६९४ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...