कक्षाकोठामा लागेको ताला डेढ वर्षपछि खुल्यो

Published on

काठमाडौं । नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा निर्माण व्यवसायीले लगाएको ताला डेढ वर्षपछि खुलेको छ । कक्षाकोठाको अभावमा खुला चौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा ताला खोलेको हो ।

सो गाउँपालिकाको वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले ताला लगाउनुभएको थियो । विद्यालयमा लगाइएको ताला प्रहरीको सहयोगमा शनिबार खोलिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । ताला खोलेर विद्यालय व्यवस्थापन समिति भङ्ग गर्दै प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले बताउनुभयो । विद्यालयको पुरानो भवन पहिरोमा पुरिएपछि आर्थिक वर्ष २०७८र७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गर्न सम्झौता गरिएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भए पनि व्यवस्थापन समितिले भवनको जिम्मा स्थानीय युवा केशवसिंह घटाललाई दिएको हो ।

कोरोनाका कारण निर्माण सामग्री महँगो भएकाले ३६ लाख रुपियाँको चारकोठे भवनको लागत ५८ लाख रुपियाँ पु¥याएर भुक्तानी दिँदा पनि निर्माण समितिका अध्यक्ष घटालले भुक्तानी नलगेको गाउँपालिकाका इन्जिनियर घनश्याम मौनीले बताउनुभयो । भवन निर्माणमा संलग्न निर्माणकर्ता घटालले ७९ लाख रुपियाँ दाबी गर्दै आउनुभएको जानकारी उहाँले दिनुभयो । इन्जिनियर मौनीले भन्नुभयो, “भवन धेरै राम्रो बनेको छ तर ७९ लाख रुपियाँ कसरी भुक्तानी दिने रु प्राविधिक दृष्टिकोणले ५८ लाख रुपियाँभन्दा बढी भुक्तानी दिन मिल्दैन ।” भवन निर्माणमा संलग्न घटालले कोरोनाका बेला छड, सिमेन्ट र तेलको मूल्य आकासिएकाले भवन निर्माण गर्दा ७९ लाख रुपियाँ खर्च भएको दाबी गर्नुभयो । उहाँले २० प्रतिशत जनश्रमदान गर्नुपर्ने योजनामा उल्लेख भए पनि ज्यालादारीमा काम गराउँदा लागत बढेको बताउनुभयो ।

उहाँले ब्याजमा ऋण निकालेर विद्यालयको भवन बनाए पनि प्राविधिक मूल्याङ्कन नभएको बताउनुभयो । डेढ वर्षसम्म भवनमा ताला लगाउँदा विद्यार्थी घाम र झरीमा खुला चौरमा पढ्न बाध्य थिए । भवनमा लागेको ताला खोल्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, नेपाल प्रहरी र सशस्त्र प्रहरी पञ्चेश्वर–१, शेरी पुगेका थिए । ताला खोल्न लगाउँदै गाउँपालिका अध्यक्ष चन्दले भन्नुभयो, “यहाँका जनताले स्थानीय सरकार नभएको अनुभूति गरे । कसैलाई भ्रम नहोस् पञ्चेश्वरमा स्थानीय सरकार छ । जुनसुकै बहानामा पनि विद्यालयलाई बन्धक बनाउन मिल्दैन । आज ताला खोलिएको छ । फेरि ताला लगाउने काम भयो भने कानुनी कारबाही अघि बढाउँछौँ ।”

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...