घरेलु श्रमको भएन मूल्याङ्कन

Published on

काठमाडौं । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले घरभित्र महिलाले गरेको कामको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको बताउनुभएको छ । उपाध्यक्ष शाहीले घरेलु कामदार र पारिश्रमिक नलिई काम गर्नेको तथ्याङ्कलाई प्राथमिकता दिनुपर्ने र उनीहरूको श्रमको उचित मूल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो ।

समाजमा पुरुषले गर्ने कामलाई मात्रै मूल्याङ्कन गर्ने तर महिलाले घरपरिवारमा गर्ने कामलाई मूल्याङ्कन नगरेर घरभित्रबाटै भेदभाव सुरु गरिएको उहाँको भनाइ छ । उहाँले महिलाले गर्ने कामलाई पनि पुरुषले सहयोग गरेर समानताको उदाहरण दिनुपर्ने बताउनुभयो । त्यसका लागि सचेतना र आर्थिक सशक्तीकरणलाई जोड दिनु पर्छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलाको श्रमलाई मूल्याङ्कन गर्न नसक्ने चुनौती अझै पनि कायमै रहेको बताउनुभयो । उहाँले घरायसी कामलाई अब प्रतिव्यक्ति आम्दानीमा जोड्नु पर्छ भन्दै त्यसका लागि महिलाले गर्ने श्रमलाई सम्मान र मूल्याङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । युवालयका प्रदीप रानाले घरेलु कामदारबिना पारिश्रमिक काम गर्ने श्रमिक नै घरेलु हिंसाको बढी सिकार हुने गरेको पाइएको बताउनुभयो । उहाँले देशका सातै प्रदेशका १३ जिल्लामा गरिएको अध्ययनमा घरेलु कामदार र बिनापारिश्रमिक काम गर्नेको रोजगारको समयसीमा र उचित पारिश्रमिक नभएको, बढी हिंसा भोग्नु परेको, घरमा महिलाले गर्ने कामको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।

अब घरेलु कामदार र बिनापारिश्रमिक काम गर्ने श्रमिकको हकहित पनि राजनीतिक एजेन्डा बन्नुपर्ने सुझाव उहाँले दिनुभयो । युवालयका अध्यक्ष धर्मराज रिमालले महिला र पुरुषले गर्ने कामलाई समान रूपमा लिनुपर्ने बताउनुभयो ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...