घरेलु श्रमको भएन मूल्याङ्कन

Published on

काठमाडौं । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले घरभित्र महिलाले गरेको कामको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको बताउनुभएको छ । उपाध्यक्ष शाहीले घरेलु कामदार र पारिश्रमिक नलिई काम गर्नेको तथ्याङ्कलाई प्राथमिकता दिनुपर्ने र उनीहरूको श्रमको उचित मूल्याङ्कन गर्ने अवस्था आएको बताउनुभयो ।

समाजमा पुरुषले गर्ने कामलाई मात्रै मूल्याङ्कन गर्ने तर महिलाले घरपरिवारमा गर्ने कामलाई मूल्याङ्कन नगरेर घरभित्रबाटै भेदभाव सुरु गरिएको उहाँको भनाइ छ । उहाँले महिलाले गर्ने कामलाई पनि पुरुषले सहयोग गरेर समानताको उदाहरण दिनुपर्ने बताउनुभयो । त्यसका लागि सचेतना र आर्थिक सशक्तीकरणलाई जोड दिनु पर्छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलाको श्रमलाई मूल्याङ्कन गर्न नसक्ने चुनौती अझै पनि कायमै रहेको बताउनुभयो । उहाँले घरायसी कामलाई अब प्रतिव्यक्ति आम्दानीमा जोड्नु पर्छ भन्दै त्यसका लागि महिलाले गर्ने श्रमलाई सम्मान र मूल्याङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । युवालयका प्रदीप रानाले घरेलु कामदारबिना पारिश्रमिक काम गर्ने श्रमिक नै घरेलु हिंसाको बढी सिकार हुने गरेको पाइएको बताउनुभयो । उहाँले देशका सातै प्रदेशका १३ जिल्लामा गरिएको अध्ययनमा घरेलु कामदार र बिनापारिश्रमिक काम गर्नेको रोजगारको समयसीमा र उचित पारिश्रमिक नभएको, बढी हिंसा भोग्नु परेको, घरमा महिलाले गर्ने कामको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।

अब घरेलु कामदार र बिनापारिश्रमिक काम गर्ने श्रमिकको हकहित पनि राजनीतिक एजेन्डा बन्नुपर्ने सुझाव उहाँले दिनुभयो । युवालयका अध्यक्ष धर्मराज रिमालले महिला र पुरुषले गर्ने कामलाई समान रूपमा लिनुपर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...