गढीमा सूर्यमुखी खेती

Published on

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा परीक्षणका लागि सूर्यमुखी लगाइएको छ । किसान गोकर्ण पराजुलीले चार कट्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी अहिले ढकमक्क फुलेको छ । उहाँले प्रतिकट्ठा एक सय केजीका दरले सूर्यमुखी उत्पादन हुने अनुमान गर्दै प्रतिक्विन्टल २० हजारका दरले ८० हजार रुपियाँ आम्दानी हुने अपेक्षा राख्नुभएको छ ।

सूर्यमुखीको खेती परीक्षणका रूपमा गरिएकाले सफल भए कृषकलाई खेती गर्न प्रेरित गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । हावापानी र माटोका हिसाबले सूर्यमुखीलाई मिल्दो वातावरण भएकाले उत्पादन राम्रो भए व्यावसायिक खेती गर्न कृषकलाई प्रेरित गरिने भन्दै खेतीका लागि पालिकाले प्राविधिक सहयोग र सहजीकरण गरिरहेको बताउनुभयो । सूर्यमुखीबाट उत्पादन गरिने तेलमा भिटामिन ‘ई’ पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट पाइन्छ । शरीरका लागि फाइदाजनक भएकाले सूर्यमुखी तेलको प्रयोग बढ्दै गएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...