सङ्घीय सांसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासकाे मत लिने

Published on

काठमाडौं । विश्वास प्राप्त गर्न प्रतिनिधि सभा सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफल पश्चात् निर्माणार्थ प्रस्तुत गरिने र आ।व। २०८१(०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्नुहुने र आगामी आर्थिक वर्ष २०८१(०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...