साइकलमा ११ सय किलोमिटरको यात्रा

Published on

काठमाडौं । बाँकेका दुई युवाले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा सुरु गर्नुभएको छ । बाँके खजुराका सतिश निरौला र नेपालगञ्जका रमेश मल्ल दुई जनाले एकसाथ चलाउन मिल्ने साइकलबाट पश्चिमको महाकाली नदीबाट साइकल यात्रा सुरु गर्नुभएको हो ।

पश्चिम महाकाली नदीस्थित कञ्चनपुरको कुतियाकभरदेखि मेचीस्थित झापाको केचनाकेवलसम्म करिब एक हजार १०० किलोमिटर साइकलबाट पूरा गरिने निरौलाले बताउनुभयो । फागुन २४ गते कुतियाकभरदेखि सुरु भएको साइकलयात्रा चैत ३ गते केचनाकेवल पुगेर समापन हुनेछ । यात्राको सातौं दिन बुधबार दिउँसो निरौला र मल्ल मकवानपुरको हेटौंडा पुग्नुभएको छ । निरौलाले भन्नुभयो, ‘साइकल पछाडिको भागमा दुई जनालाई चाहिने बन्दोबस्तीका आवश्यक सामग्री राखेर यात्रा अघि बढाएका छौं, प्रत्येक दिनमा करिब एकसय किलोमिटर यात्रा गरिरहेका छौं ।’ वातावरण संरक्षण तथा पर्यावरणको पक्षमा सचेतना फैलाउन लामो साइकल यात्रामा निस्किएको निरौला र मल्लको जोडीले ठाउँ–ठाउँमा साइकलप्रेमीबाट पाएको हौसलाबाट उत्साहित भएको जनाएको छ ।

निरौला र मल्लले यसअघि पनि नेपाल र भारतका विभिन्न स्थानमा साइकलबाटै पुग्नुभएको थियो । निरौला र मल्लसहितको समूहले नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्रा गर्दैआएको छ । महाकालीदेखि मेचीसम्मको साइकलयात्राका क्रममा विभिन्न स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्न पाएको र देशको विभिन्न पक्षबारे बुभ्mने अवसर प्राप्त भएको मल्लले बताउनुभयो । कञ्चनपुरको कुतियाकभरका बासिन्दा लामो समयदेखि सीमा रक्षकको रुपमा रहँदैआएको भए पनि सरकारका तर्फबाट प्राथमिकतामा पर्न नसकेको उहाँहरुले बताउनुभयो । कुतियाकभर भारतको उत्तरप्रदेश तथा उत्तराखण्डसँग सीमा जोडिएको गाउँ हो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...