डढेलो नियन्त्रणमा आएन

Published on

काठमाडौं । जिल्लाको रिव्दीकोट –४, भैरवस्थान मन्दिरनजिक लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । दुई दिनदेखि मन्छिप सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएको हो ।

स्थानीय वन समूहका उपभोक्ता, जनप्रतिनिधि, सुरक्षा निकाय मिलेर वनमा लागेको डढेला नियन्त्रणमा लिए पनि पुनः डढेलो फैलिएको स्थानीय बासिन्दाले बताएका छन् । सो सामुदायिक वनमा १० हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो । यो वर्ष हालसम्म तीनवटा सामुदाायिक वनमाा डढेलो लागेको छ । रिव्दीकोट भैरवस्थाननजिक रहेका मन्छिप, मसुरे र तुल्सीगैरा सामुदायिक वनमा डढेलो लाग्दा २७ हेक्टर वन क्षेत्र सखाप बनेको उहाँले बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, डढेलो लगाउने कारण पत्ता लगााउने काम भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । मन्छिप सामुदाायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा बस्तीमा आगो पस्ने त्रास फैलिएको स्थानीय बासिन्दा तुलबहादुर अधिकारीले बताउनुभयो । सल्लाको वनमा लागेको डढेलो नियन्त्रण गर्न समस्या परेको उहाँले बताउनुभयो ।

ताजा समाचार

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...

पाँच सय कृषकको भागमा सात बोरा मल

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न...