डढेलो नियन्त्रणमा आएन

Published on

काठमाडौं । जिल्लाको रिव्दीकोट –४, भैरवस्थान मन्दिरनजिक लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । दुई दिनदेखि मन्छिप सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएको हो ।

स्थानीय वन समूहका उपभोक्ता, जनप्रतिनिधि, सुरक्षा निकाय मिलेर वनमा लागेको डढेला नियन्त्रणमा लिए पनि पुनः डढेलो फैलिएको स्थानीय बासिन्दाले बताएका छन् । सो सामुदायिक वनमा १० हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो । यो वर्ष हालसम्म तीनवटा सामुदाायिक वनमाा डढेलो लागेको छ । रिव्दीकोट भैरवस्थाननजिक रहेका मन्छिप, मसुरे र तुल्सीगैरा सामुदायिक वनमा डढेलो लाग्दा २७ हेक्टर वन क्षेत्र सखाप बनेको उहाँले बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, डढेलो लगाउने कारण पत्ता लगााउने काम भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । मन्छिप सामुदाायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा बस्तीमा आगो पस्ने त्रास फैलिएको स्थानीय बासिन्दा तुलबहादुर अधिकारीले बताउनुभयो । सल्लाको वनमा लागेको डढेलो नियन्त्रण गर्न समस्या परेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...