कृषि प्राथमिकतामा प्रथम हुनेलाई २५ हजार पुरस्कार

Published on

काठमाडौं । प्रथम तानसेन महोत्सवमा परम्परागत रुपमा बन्दैआएको कृषिका स्टलमा अवलोकन गर्नेको भिड लागेको छ । महोत्सवमा गिठिको ठेका ठिकिको स्टलमा, बाँसबाट बनाएइका मुडाहरु, बस्ने कुर्सीहरु सामान राख्ने भाडाहरु तथा विभिन्न किसिमका आकर्षित सामान खरिद गर्नेको भिड लागेको हो ।

स्थानीय कुटिर उद्योग तथा यहाँका कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ५० स्टल निःशुल्क गराएको छ । देशको अर्थतन्त्र धान्नमा कृषिको महत्वपूर्ण भूमिका रहने भएकाले मेला महोत्सव आयोजना गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । यसलाई व्यवस्थापन गर्ने भन्ने प्रणालीगत सुधार प्रमुख रहेकाले महोत्सवबाट कृषिमा जिल्लालाई आत्मनिर्भर गराउने भन्नेमा नगरपालिका केन्द्रित रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘आवश्यक पर्ने कृषिउपज यही उत्पादन हुनुपर्छ भन्नेमा हाम्रो ध्यान गएको छ । यहाँको उत्पादनलाई व्यवसायीकरण र व्यापारीकरण कसरी गर्न सकिन्छ भन्नेमा हामी लागिरहेका छौं ।’ नगरपालिकाले स्टलमा रहेका उत्पादित वस्तु अवलोकनपछि उचित पुरस्कारको व्यवस्था गरेको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले यसले किसानलाई थप हौसला मिल्ने बताउनुभयो । सहभागी स्टलबाट कृषि प्रदर्शनी गर्ने उत्कृष्ट भई प्रथमले २५ हजार द्वितीयले १५ हजार तृतीयले १० हजार सान्त्वनाले ५ हजार नगदसहित सम्मान गरिने कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो महत्वपूर्ण लक्ष्य नै कृषि उत्पादन खरिदका लागि भारतलगायत देशमा गएको नेपाली पैसा यही रोक्ने र जिल्लालाई आत्मनिर्भर गराउने हो ।’ कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने र यसतर्फ सरकार पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । कृषि वस्तुको प्रवर्धन तथा विविधीकरण गर्ने माध्यमका रूपमा खाद्य परिकारको प्रवर्धन पनि एउटा माध्यम भएकाले कृषिको व्यावसायिक विकासका लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको वस्तु उत्पादन, उत्पादित वस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्नेमा जोड नगरपालिकाले दिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...