कृषि प्राथमिकतामा प्रथम हुनेलाई २५ हजार पुरस्कार

Published on

काठमाडौं । प्रथम तानसेन महोत्सवमा परम्परागत रुपमा बन्दैआएको कृषिका स्टलमा अवलोकन गर्नेको भिड लागेको छ । महोत्सवमा गिठिको ठेका ठिकिको स्टलमा, बाँसबाट बनाएइका मुडाहरु, बस्ने कुर्सीहरु सामान राख्ने भाडाहरु तथा विभिन्न किसिमका आकर्षित सामान खरिद गर्नेको भिड लागेको हो ।

स्थानीय कुटिर उद्योग तथा यहाँका कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ५० स्टल निःशुल्क गराएको छ । देशको अर्थतन्त्र धान्नमा कृषिको महत्वपूर्ण भूमिका रहने भएकाले मेला महोत्सव आयोजना गरेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । यसलाई व्यवस्थापन गर्ने भन्ने प्रणालीगत सुधार प्रमुख रहेकाले महोत्सवबाट कृषिमा जिल्लालाई आत्मनिर्भर गराउने भन्नेमा नगरपालिका केन्द्रित रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘आवश्यक पर्ने कृषिउपज यही उत्पादन हुनुपर्छ भन्नेमा हाम्रो ध्यान गएको छ । यहाँको उत्पादनलाई व्यवसायीकरण र व्यापारीकरण कसरी गर्न सकिन्छ भन्नेमा हामी लागिरहेका छौं ।’ नगरपालिकाले स्टलमा रहेका उत्पादित वस्तु अवलोकनपछि उचित पुरस्कारको व्यवस्था गरेको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले यसले किसानलाई थप हौसला मिल्ने बताउनुभयो । सहभागी स्टलबाट कृषि प्रदर्शनी गर्ने उत्कृष्ट भई प्रथमले २५ हजार द्वितीयले १५ हजार तृतीयले १० हजार सान्त्वनाले ५ हजार नगदसहित सम्मान गरिने कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो महत्वपूर्ण लक्ष्य नै कृषि उत्पादन खरिदका लागि भारतलगायत देशमा गएको नेपाली पैसा यही रोक्ने र जिल्लालाई आत्मनिर्भर गराउने हो ।’ कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने र यसतर्फ सरकार पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । कृषि वस्तुको प्रवर्धन तथा विविधीकरण गर्ने माध्यमका रूपमा खाद्य परिकारको प्रवर्धन पनि एउटा माध्यम भएकाले कृषिको व्यावसायिक विकासका लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको वस्तु उत्पादन, उत्पादित वस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्नेमा जोड नगरपालिकाले दिएको छ ।

ताजा समाचार

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...

पाँच सय कृषकको भागमा सात बोरा मल

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न...

पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा

काठमाडौँ । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ...