७५ वर्षमा पुरस्कार पाउँदा सिपालु शेर्पा दङ्ग

Published on

काठमाडौं । झापा गौरादहका ७५ वर्षीय पासाङ शेर्पा अहिले पनि केही नगरी बस्न सक्नुहुन्न । उहाँ आफैँ बाँस काट्ने, बाँसको चोया बनाउने र त्यसबाट विभिन्न सामग्री बनाउने गर्नुहुन्छ ।

उहाँलाई बाँसको मुरली, पङ्खा, डोको, डालीलगायतका कैयौँ प्रकारका सामाग्री बनाउने गर्नुभएको छ । वडा कार्यालयको सहयोगमा स्थानीय जानकीकेश्वर सृजनशील महिला समूह गौरादह १ ले बुधवार आयोजना गरेको घरेलु सामग्री प्रदर्शनीमा ७५ वर्षीय वृद्ध शेर्पा प्रथम भएर पुरस्कार थाप्दा निक्कै खुसी हुनुभयो । ३८ भन्दा बढी प्रकारका घरेलु सामग्रीका उत्पादनका स्टलहरूमध्ये शेर्पाले बाँसबाट बनाएका सामग्रीहरूको स्टल प्रमुख आकर्षण बन्यो । उहाँले बनाएका बाँसका सामग्रीहरू हेर्नेको घुइँचो बन्यो । घरेलु बाँस, पराल, पात, सनपाट, बोरा, कपडाबाट बनाइएका सामग्रीसँगै आधुनिक डिजाइनका शृङ्गारिक गरगहना र घरायसी सामग्री प्रदर्शन भएको थियो ।

प्रदर्शनीमा प्रथम हुनुभएका वृद्धा शेर्पालाई गौरादह वडा नं। १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले नगद ३ हजारसहित पुरस्कृत गर्नुभयो । यो उमेरमा पनि हस्तकलाका यति राम्रा सामग्रीहरू बनाएर प्रदर्शनीमा ल्याएको देख्दा धेरै नै खुसी लाग्यो, वडाध्यक्ष भण्डारीले भन्नुभयो । प्रदर्शनीमा सुनपाटको झोला तथा झल्ला बनाउने हुने गौरादह वडा नं। ६ की कमला ताजपुरिया दोस्रो बन्नुभयो । पराल र पातको घरेलु सामान बनाउनुहुने गौरादह वडा नं। ६ की फरिता बस्नेत तेस्रो बन्नुभयो । जानकीश्वर सृजनशील महिला समूहकी अध्यक्ष अम्बिका पौडेलका अनुसार घरेलु उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस्तो प्रतियोगितात्मक प्रदर्शनी राखिएको हो ।

ताजा समाचार

नाइजेरियाका राष्ट्रपति द्वारा मन्त्री मण्डल हेरफेर

काठमाण्डौँ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्री परिषद् पुनः गठन गर्दै पाँच जना मन्त्रीलाई...

युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु

काठमाण्डौँ । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका...

नवलपुरमा एक जनाको हत्या

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही...

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...