७५ वर्षमा पुरस्कार पाउँदा सिपालु शेर्पा दङ्ग

Published on

काठमाडौं । झापा गौरादहका ७५ वर्षीय पासाङ शेर्पा अहिले पनि केही नगरी बस्न सक्नुहुन्न । उहाँ आफैँ बाँस काट्ने, बाँसको चोया बनाउने र त्यसबाट विभिन्न सामग्री बनाउने गर्नुहुन्छ ।

उहाँलाई बाँसको मुरली, पङ्खा, डोको, डालीलगायतका कैयौँ प्रकारका सामाग्री बनाउने गर्नुभएको छ । वडा कार्यालयको सहयोगमा स्थानीय जानकीकेश्वर सृजनशील महिला समूह गौरादह १ ले बुधवार आयोजना गरेको घरेलु सामग्री प्रदर्शनीमा ७५ वर्षीय वृद्ध शेर्पा प्रथम भएर पुरस्कार थाप्दा निक्कै खुसी हुनुभयो । ३८ भन्दा बढी प्रकारका घरेलु सामग्रीका उत्पादनका स्टलहरूमध्ये शेर्पाले बाँसबाट बनाएका सामग्रीहरूको स्टल प्रमुख आकर्षण बन्यो । उहाँले बनाएका बाँसका सामग्रीहरू हेर्नेको घुइँचो बन्यो । घरेलु बाँस, पराल, पात, सनपाट, बोरा, कपडाबाट बनाइएका सामग्रीसँगै आधुनिक डिजाइनका शृङ्गारिक गरगहना र घरायसी सामग्री प्रदर्शन भएको थियो ।

प्रदर्शनीमा प्रथम हुनुभएका वृद्धा शेर्पालाई गौरादह वडा नं। १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले नगद ३ हजारसहित पुरस्कृत गर्नुभयो । यो उमेरमा पनि हस्तकलाका यति राम्रा सामग्रीहरू बनाएर प्रदर्शनीमा ल्याएको देख्दा धेरै नै खुसी लाग्यो, वडाध्यक्ष भण्डारीले भन्नुभयो । प्रदर्शनीमा सुनपाटको झोला तथा झल्ला बनाउने हुने गौरादह वडा नं। ६ की कमला ताजपुरिया दोस्रो बन्नुभयो । पराल र पातको घरेलु सामान बनाउनुहुने गौरादह वडा नं। ६ की फरिता बस्नेत तेस्रो बन्नुभयो । जानकीश्वर सृजनशील महिला समूहकी अध्यक्ष अम्बिका पौडेलका अनुसार घरेलु उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस्तो प्रतियोगितात्मक प्रदर्शनी राखिएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...