आठ आप्रवासीको किनारामा डुबेर मृत्यु

Published on

काठमाडौं । टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ । स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ आप्रबासीको डुबेर मृत्यु भएको थियो भने बाँकी चार जनाको सकुशल उद्धार भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको राष्ट्रियता भने खुल्न सकेको छैन । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्केलेको तटमा रहेको गोक्सिडा वा इम्ब्रोस भनिने टापुमा डुङ्गा पल्टिएको हो । अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । टर्कीले अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थीलाई आश्रय दिइरहेको छ । अङ्काराले सन् २०१६ मा युरोपेली सङ्घसँग आर्थिक सहायतालगायत विभिन्न प्रोत्साहनको बदलामा शरणार्थीहरूको आगमन रोक्न सम्झौता गरेको थियो । राससरएएफपी

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...