सत्र वटा सडक पुल निर्माणाधीन

Published on

काठमाडौं । बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन गर्न काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा सडक पुल निर्माणको कामले गति लिएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत जिल्लामा १७ वटा पुल निर्माणको काम अघि बढेको हो ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ९सिडिई० राजु श्रेष्ठले चालु आर्थिक वर्षमा कार्यालयले काभ्रेपलाञ्चोकमा १७ वटा र भक्तपुरमा सात वटा गरी २४ वटा सडक पुल निर्माण गर्ने बताउनुभयो । उहाँले कुल सडक पुलमध्ये २२ वटा सडक पुल कार्यान्वयनमा गएकोमा एउटाको काम समय अगावै सम्पन्न भइसकेको भन्दै दुई वटा सडक पुलको बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्ले–बालुवा जोड्ने डाँफे खोला पुल सम्झौताको अन्तिम मितिभन्दा नौ महिनाअघि नै सम्पन्न भएको बताउनुभयो ।

उहाँले कार्यालयले समयमा नै सडक निर्माणको काम सम्पन्न गर्न तदारुकताका साथ काम अघि बढाएको बताउँदै काम सुरु भएका सडक पुलमध्ये काभ्रेपलाञ्चोकमा काम भइरहेका १७ वटा पुलमध्ये ११ वटा र भक्तपुरमा काम भएकामध्ये चार वटा पुलको काम असार मसान्तभित्र सम्पन्न हुने बताउनुभयो । उहाँले निर्माण सुरु गरिएका अधिकांश सडक पुलमा फाउन्डेसन उठाउने काम भइरहेको, हालसम्म तीन वटा पुलको स्ल्याब ढलानको काम सम्पन्न भएको र केही पुलमा स्ल्याब ढलानको तयारीसमेत भइरहेको बताउनुभयो । सिडिई श्रेष्ठले कार्यालयले सुरु गरेका सडक पुल निर्माण सम्पन्न भएपछि बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुने भन्दै यस वर्ष काभ्रेको मण्डनदेउपुर र बेथानचोकमा एक एक वटा झोलुङ्गे पुल निर्माण हुने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...