ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नुहने

Published on

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नुहने बताउनुभयो । शनिबार राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले सरकारहरु निरन्तरताका आधारमा सञ्चालित हुुन्छन्, तिनका आधारमा नीतिहरु आधारभूतरुपमा परिवर्तन नहुने बताउनुभयो । यसैको आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेको उहाँको भनाइ छ ।

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढङ्गले कार्य गरिरहेको उहाँले बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकाले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने बताउनुभयो । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बिचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले बैंकको व्यवस्थापन सम्मेलन २०२४ को आयोजना गरिरहेको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउनुहुँदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराउनुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताउनुभयो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बैंकिङ्ग क्षेत्रको योगदानका लागि सम्मान व्यक्त गर्दछौं ।’’ उहाँले नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैंकिङ्ग क्षेत्र हुन सक्ने दाबी गर्नुभयो । कार्यक्रममा अर्थविद् एवम् सांसद डा। स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा। रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् उद्यमी भवानी राणा, अर्थविद् एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्नु हुने छ ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...