विद्यार्थीको निःशुल्क दाँत परीक्षण

Published on

काठमाडौं । नेपालगन्जको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क दाँत परीक्षण गरी मञ्जन र ब्रस वितरण गरिएको छ ।

लायन्स क्लब अफ नेपालगन्ज जीवनद्वारा सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क दाँत परीक्षण गरिएको हो । लायन्स क्लब अफ नेपालगन्ज जीवन र बाँके डेन्टल क्लिनिकको सहकार्यमा नेपालगन्ज –१० चारबाहिनी रोडमा रहेको युद्ध संस्कृत माबिमा निःशुल्क दाँत परीक्षण कार्यक्रम आयोजना गरी बालबालिकाको दाँत परीक्षण गर्नुका साथै मन्जन र ब्रस वितरण गरिएको क्लवका अध्यक्ष जीवन शर्माले बताउनुभयो । उहाँले सो विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलगायत शिक्षक शिक्षिकाको निःशुल्क दाँत परीक्षण गरिएको बताउनुभयो । सो शिविरमा सहभागी बालबालिका र शिक्षक–शिक्षिका सबैलाई दाँतको सुरक्षा गर्ने तरिका, दाँत कमजोर किन र कसरी हुन्छन् भन्ने बारेमा तालिम दिइएको पनि अध्यक्ष शर्माले बताउनुभयो । सो अवसरमा विद्यार्थी र शिक्षक–शिक्षिका समेतले दाँत बारेमा विभिन्न प्रकारका जिज्ञासा राखेका थिए । निःशुल्क दाँत शिविरमा दाँत परीक्षण गराएका सबै १५० बालबालिकालाई जनही एक दन्त मन्जन र एक ब्रस पनि वितरण गरिएको लायन्स क्लब अफ नेपालगन्ज जीवनले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...