विद्यार्थीको निःशुल्क दाँत परीक्षण

Published on

काठमाडौं । नेपालगन्जको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको निःशुल्क दाँत परीक्षण गरी मञ्जन र ब्रस वितरण गरिएको छ ।

लायन्स क्लब अफ नेपालगन्ज जीवनद्वारा सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क दाँत परीक्षण गरिएको हो । लायन्स क्लब अफ नेपालगन्ज जीवन र बाँके डेन्टल क्लिनिकको सहकार्यमा नेपालगन्ज –१० चारबाहिनी रोडमा रहेको युद्ध संस्कृत माबिमा निःशुल्क दाँत परीक्षण कार्यक्रम आयोजना गरी बालबालिकाको दाँत परीक्षण गर्नुका साथै मन्जन र ब्रस वितरण गरिएको क्लवका अध्यक्ष जीवन शर्माले बताउनुभयो । उहाँले सो विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीलगायत शिक्षक शिक्षिकाको निःशुल्क दाँत परीक्षण गरिएको बताउनुभयो । सो शिविरमा सहभागी बालबालिका र शिक्षक–शिक्षिका सबैलाई दाँतको सुरक्षा गर्ने तरिका, दाँत कमजोर किन र कसरी हुन्छन् भन्ने बारेमा तालिम दिइएको पनि अध्यक्ष शर्माले बताउनुभयो । सो अवसरमा विद्यार्थी र शिक्षक–शिक्षिका समेतले दाँत बारेमा विभिन्न प्रकारका जिज्ञासा राखेका थिए । निःशुल्क दाँत शिविरमा दाँत परीक्षण गराएका सबै १५० बालबालिकालाई जनही एक दन्त मन्जन र एक ब्रस पनि वितरण गरिएको लायन्स क्लब अफ नेपालगन्ज जीवनले जनाएको छ ।

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...