बाँकेमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका प्रमुख बजारहरूको अनुगमनलाई निरन्तर जारी राखेको छ । प्रशासनले बजार अनुगमनलाई निरन्तर जारी राखेको थाहा पाउँदा पाउँदैपनि बजारमा म्याद नाघेका सामग्रीहरू छ्यापछ्याप्ती राखिएका छन् ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय बाँकेको बजार अनुगमन समितिले बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीका पसलहरूमा अनुगमन गर्दा म्याद गुज्रेका सामानहरू व्यापक मात्रामा भेटिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बजार अनुगमनका क्रममा चिसापानीका अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको बताउनुभयो । उहाँले चिसापानी क्षेत्रका १२ वटा पसलहरूमा अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रेको सामान पाइएकाले ती सामान नियन्त्रणमा लिएर नष्ट गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, चिसापानीको भेरी कर्णाली किराना स्टोरमा म्याद ग्रजिएको ७० लिटर कोल्ड ड्रिंक्स र भुजिया २६ प्याकेट गरेर सात हजार २६० रुपियाँ मूल्य बराबरको सामान र सम्राट् एन्ड लक्की किराना पसलमा म्याद गुज्रेको दुई हजार मूल्य बराबरको १५ प्याकेट सोन पापडी मिठाई भेटिएको थियो ।

सोही प्रकारले दीपक किराना पसलमा एक हजार पाँच सय मूल्य बराबरको म्याद गुज्रेको १५ लिटर कोल्ड ड्रिंक्स र विवेक किराना स्टोरमा म्याद गुज्रेको दुई लिटर जुस चार सय मूल्य बराबरको भेटिएको थियो । म्याद गुज्रेका ती सबै सामानहरू नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ । म्याद गुज्रिएका सामान फेला परेका पसल र अन्य पसल व्यवसायीलाई पनि म्याद गुज्रेका, सडेगलेका, अखाद्य सामग्री पसलमा नराख्न कडा चेतावनी दिइएको बाँकेका प्रजिअ पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा विभिन्न सरोकारवाला निकायहरू समेतको सहभागितामा बैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा बजार अनुगमन गरिएको थियो । यो बजार अनुगमन फरक फरक स्थानमा निरन्तर जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...