शुक्लाफाँटास्थित चौधर नदीमा घडियाल छोडियो

Published on

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित चौधर नदीमा २५ वटा घडियाल छोडिएको छ। यो निकुञ्जमा घडियाल गोही नभएकाले चितवन राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन केन्द्र कसराबाट ल्याएर घडियाल छोडिएको हो। गोही स्थानान्तरण गर्नका लागि कार्यदल गठन गरिएको थियो।विज्ञ तथा प्राविधिकको टोलीले चौधर नदी घडियालको वासस्थानका लागि उपयुक्त रहेको निष्कर्ष निकालेपछि प्रजनन केन्द्रबाट ल्याएर गोही छोडिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो।

नदीमा छोडिएका घडियालहरू पाँचदेखि छ वर्षसम्मका रहेका छन्।१५ वर्षको भएपछि बल्ल घडियालले प्रजनन गर्ने र अण्डा दिने गरेका जनाइएको छ। सन १९८० सम्म शुक्लाफाँटास्थित महाकाली र चौधर नदीमा घडियाल गोही देखा परेको अभिलेख छ।तर, जथाभाबी माछा मार्ने लगायतका कारणले त्यसपछि यी नदीमा घडियाल देखिन छाडेका थिए। प्राकृतिक रूपमा रहेका घडियाल हराएपछि वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाँटामा पहिलो पटक स्थानान्तरण गरेर २५ वटा घडियाल गोही ल्याइएको हो।मन्त्रालयले यहाँ जम्मा ५० वटा घडियाल स्थानान्तरण गर्ने निर्णय गरेको छ।थप २५ घडियाल अर्को वर्ष ल्याइने सूचना अधिकारी ऐरले बताउनुभयो।

स्वच्छ पानीमा बस्न रुचाउने घडियाल प्राकृतिक सूचक पनि मानिन्छ।घडियाल शुद्ध र सफा पानीमामात्रै बस्न मन पराउने गर्दछन्।लोपोन्मुख सूचीमा रहेका कारणले नेपालमा घडियालको अस्तित्व कायम राख्नका लागि चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा गोही प्रजनन केन्द्र स्थापना गरिएको छ।दुवै प्रजनन केन्द्रमा हुर्किएकामध्ये हालसम्म एक हजार ८८२ घडियाल नेपालको विभिन्न नदीमा छोडिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...