हेटौंडा कार्यालयबाट ७६ प्रतिशत राजस्व सङ्कलन

Published on

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन चार महिना बाँकी हुँदा कार्यालय पाएको लक्ष्यको झण्डै ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

कार्यालयको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको कुल राजस्व सङ्कलन लक्ष्य पाँच अर्ब ३५ करोड ९६ लाख तीन हजार रुपियाँ रहेकोमा गत साउनदेखि फागुन मसान्तसम्ममा ७५।८२ अर्थात् चार अर्ब छ करोड ३८ लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो। कार्यालयको फागुन महिनाको मात्र ६३ करोड ९८ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९०।०१ प्रतिशत अर्थात् ५९ करोड ५१ लाख २८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ। कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिता अर्थात् गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो।

राजस्व कार्यालयले आय कर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। कार्यालयले गत फागुन महिनामा आय कर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो। कार्यालयले चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा आय कर वापत ६४ करोड २२ लाख ६२ हजार, घर बहाल करवापत एक करोड आठ लाख १७ हजार, ब्याज कर छ करोड १२ लाख १८ हजार, मूल्य अभिवृद्धि कर ७१ करोड ४५ लाख ५५ हजार, अन्तः शुल्क दुई अर्ब २३ करोड ५० लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३९ करोड ९९ लाख ५६ हजार र अन्य कर १३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...