हेटौंडा कार्यालयबाट ७६ प्रतिशत राजस्व सङ्कलन

Published on

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०÷०८१ सकिन चार महिना बाँकी हुँदा कार्यालय पाएको लक्ष्यको झण्डै ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

कार्यालयको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको कुल राजस्व सङ्कलन लक्ष्य पाँच अर्ब ३५ करोड ९६ लाख तीन हजार रुपियाँ रहेकोमा गत साउनदेखि फागुन मसान्तसम्ममा ७५।८२ अर्थात् चार अर्ब छ करोड ३८ लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो। कार्यालयको फागुन महिनाको मात्र ६३ करोड ९८ लाख २० हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९०।०१ प्रतिशत अर्थात् ५९ करोड ५१ लाख २८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ। कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिता अर्थात् गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो।

राजस्व कार्यालयले आय कर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। कार्यालयले गत फागुन महिनामा आय कर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो। कार्यालयले चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा आय कर वापत ६४ करोड २२ लाख ६२ हजार, घर बहाल करवापत एक करोड आठ लाख १७ हजार, ब्याज कर छ करोड १२ लाख १८ हजार, मूल्य अभिवृद्धि कर ७१ करोड ४५ लाख ५५ हजार, अन्तः शुल्क दुई अर्ब २३ करोड ५० लाख ४८ हजार, स्वास्थ्य सेवा कर ३९ करोड ९९ लाख ५६ हजार र अन्य कर १३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...