घरजग्गाको कारोबारबाट एक अर्ब अट्ठाइस करोड राजस्व सङ्कलन

Published on

काठमाडौं । फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत माघ महिनामा एक अर्ब १९ करोड ९६ लाख ७३ हजार ३८३ रुपियाँ सङ्कलन भएको थियो । माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९२१ वटा सङ्ख्यामा मात्रै भएको थियो । माघ महिनामा पाँच हजार ४८० वटा नामसारी भएकोमा फागुन महिनामा पाँच हजार ६९९ वटा नामसारी भएको विभागको तथ्याङ्कले देखाएको छ । माघ महिनामा २५ वटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा थोरै मात्रै अङ्कले सुधार भएर २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । विभागका अनुसार चालु आवको साउन महिनामा ३९ हजार २६३ लिखत पारित र तीन हजार १५९ नामसारी भएको छ । यस्तै भदौ महिनामा लिखत पारित ३५ हजार ६८६ र नामसारी दुई हजार ८४३ वटा भएकोमा असोज महिनामा ३९ हजार ८८१ लिखत पारित र तीन हजार २३७ वटा नामसारी भएको थियो ।

कात्तिक महिनामा २६ हजार र मङ्सिर महिनामा ४१ हजार ८५१ र पुस महिनामा ४५ हजार २७७ सङ्ख्यामा घरजग्गाको लिखत पारित भएको थियो । कोरोना महामारीपछि लामो समयसम्म मन्दीले सुस्ताएको घरजग्गाको कारोबार पछिल्लो समय सुधारोन्मुख हुँदै गएको कारोबार तथ्याङ्कले देखाएको छ ।

ताजा समाचार

लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।...

शाश्वतधाममा भक्तजनको भिड

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन...