डिभिजन वन अधिकृतसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको मुद्दा

Published on

काठमाडौं । महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजनलवन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका चार सय छ वटा रुख कटान गरी÷गराइ ११ लाख ९६ हजार ६९५ रुपियाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी भएको पुष्टि भएको छ। साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सव–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षक राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरुद्ध गलत विवरण व्यहोराको सर्जमिन मुचुल्का तयार गरेको आरोप लागेको छ। यस्तै, नापी कार्यालय, बर्दिबासका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

बर्दिबास नगरपालिका १ का तत्कालीन वडाअध्यक्ष चूडामणी पोखरेल, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्य उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम पूरै सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ। यसैगरी, जग्गाधनीद्वय लीलामणी आचार्य र कृष्णप्रसाद गौतम, वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटा गर्ने ठेकेदार सन्दिप नेपालीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिइ आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...