विपन्न दलित परिवारलाई पाडी वितरण

Published on

काठमाडौं । गोरखा नगरपालिका – १ ताप्लेका विपन्न दलितहरूलाई २१ बटा भैँसीको पाडी वितरण गरिएको छ । आइतबार गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले एक कार्यक्रमका बिच दलित जनजागरण आमा समूहका २१ घर धुरीलाई भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिका – १ का वडा अध्यक्ष हिक्मत बहादुर कुबेरले बताउनु भयो ।

गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नगर सभाबाट पारित जीविकोपार्जन कार्यक्रम अन्तर्गत रु ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसै अनुरूप जीविकोपार्जन कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका – १ ताप्लेको दलित बस्तीमा भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा नगरपालिका गोरखामा धेरै दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले त्यस समुदायलाई माथि उकास्न नगरपालिकाले जिबिकापार्जन कार्यक्रम लागु गरी कार्यान्वयनमा ल्याइएको मेयर रानाले बताउनु भयो । नगरपालिकाले पहिलो पटक एक नम्बर वडामा मात्र लागु गरेको छ । आगामी नगर सभाबाट १४ वटै वडाका विपन्न दलितलाई आयआर्जनमा टेवा पुग्ने गरी कार्यक्रम ल्याइने उहाँको भनाई छ ।

नगरपालिकामा – १ मा दलित समुदायको बाक्लो बसोबास रहेको छ । विपन्न दलित समुदायमा आर्थिक अवस्था असाध्यै कमजोर रहेकाले आर्थिक अवस्था माथि उकास्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान हुने नगरपालिकाले विश्वास लिएको छ । भैँसीको पाडी पाउनु मात्र ठुलो नभएकाले यसबाट हामीले लिन सक्ने उपलब्धिको बारेमा मेयर रानाले विपन्न किसानलाई भन्नु भयो,“तपाईँहरू इमानदार साथ भैँसी पालेर दूध उत्पादन गर्नुस् त्यसको सम्पूर्ण जिम्मेवारी गोरखा नगरपालिकाले लिनेमा ढुक्क रहन विश्वास व्यक्त गर्नु भयो ।” दलित समुदायको आर्थिक अवस्था सुधारका लागि गोरखा नगरपालिका भित्रका १४ वटा मध्ये १ नम्बर वडाको दलित जनजागरण आमा समूह मार्फत विपन्न दलितहरूलाई छनोट गरी भैसीको पाडी वितरण गरिएकोमा खुसी व्यक्त गर्दै गोरखा नगरपालिका गोरखा र मेयर रानालाई दलित जनजागरण आमा समूहमा अध्यक्ष राममायाँ नेपालीले धन्यवाद दिनुभयो । दलित समुदायलाई भैसीको पाडी वितरण गरी आर्य आर्जनमा थप टेवा र हौसला प्रदान गरी खुसी प्रदान गरेको दलित जनजागरण आमा समूहका अध्यक्ष नेपालीले जानकारी दिनु भयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...