८१ हजार ७६८ विद्यार्थी एसइई दिने मधेसबाट

Published on

काठमाडौं । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा क ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई चैत १५ गतेदेखि सुरु हुनेछ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार आठ जिल्लामा गरी २९५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, ८०७ परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार ६५८ जना कर्मचारी खटाइने छ । परीक्षामा मधेस प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छन् । यहाँ ४८९ जना प्रविधिक तर्फका गरी १२ हजार २१४ जना विद्यार्थी एसइई दिने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यसै गरी, सबभन्दा कम विद्यार्थी सङ्ख्या सप्तरीमा रहेको छ । यहाँ नौ हजार ३२३ जना विद्यार्थी एसइईमा सामेल हुने भएका छन् । त्यस्तै, सिराहामा १० हजार ९२३, महोत्तरीमा नौ हजार ४३१, सर्लाहीमा १० हजार ८९६, रौतहटमा ९ हजार ४६९, बारामा नौ हजार ४४४ र पर्सामा १० हजार ६८ विद्यार्थीले एसइईमा सहभागी हुने छन् । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । आवश्यक तयारी करिब तयारी पुरा भएका बताउँदै मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा उत्तर पुस्तिका र प्रश्न पत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको जानकारी दिनुभयो । निर्देशक ठाकुरले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रुपमा सम्पन्न गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण, अनुगमन गरिने बताउनुभयो । त्यस्तै, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...