८१ हजार ७६८ विद्यार्थी एसइई दिने मधेसबाट

Published on

काठमाडौं । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा क ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई चैत १५ गतेदेखि सुरु हुनेछ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका अनुसार आठ जिल्लामा गरी २९५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, ८०७ परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार ६५८ जना कर्मचारी खटाइने छ । परीक्षामा मधेस प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छन् । यहाँ ४८९ जना प्रविधिक तर्फका गरी १२ हजार २१४ जना विद्यार्थी एसइई दिने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यसै गरी, सबभन्दा कम विद्यार्थी सङ्ख्या सप्तरीमा रहेको छ । यहाँ नौ हजार ३२३ जना विद्यार्थी एसइईमा सामेल हुने भएका छन् । त्यस्तै, सिराहामा १० हजार ९२३, महोत्तरीमा नौ हजार ४३१, सर्लाहीमा १० हजार ८९६, रौतहटमा ९ हजार ४६९, बारामा नौ हजार ४४४ र पर्सामा १० हजार ६८ विद्यार्थीले एसइईमा सहभागी हुने छन् । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । आवश्यक तयारी करिब तयारी पुरा भएका बताउँदै मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा उत्तर पुस्तिका र प्रश्न पत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको जानकारी दिनुभयो । निर्देशक ठाकुरले परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रुपमा सम्पन्न गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण, अनुगमन गरिने बताउनुभयो । त्यस्तै, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...