कक्षा आठको प्रश्नपत्र शिक्षकद्वारा आउट

Published on

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा ९कक्षा ८० को प्रश्न पत्र आउट भएको छ । आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो । नगरपालिकाको वडा नम्बर ९ जनकल्याण माविमा परीक्षा अनुगमनको क्रममा प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको थियो । प्रश्न हल भएको हुबहु चिट र कपी भेटिएपछि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

शनिबार सोही वडाको श्री मावि इमिलियाबाट प्रश्नपत्र आउट गरिएको थियो । विद्यालयबाट दुई जना शिक्षकले खाम बन्दीबाट प्रश्नपत्र निकालेर विद्यार्थीलाई हल गराइएको अनुसन्धानबाट खुलेको नगर शिक्षा समितिका सदस्य रामप्रसाद अर्यालले बताउनु भयो । ती शिक्षकले कोचिङ पढ्दै गरेका विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए । सोमबार नगर शिक्षा समितिको बैठक बसी उक्त विषयको परीक्षा रद्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेको छ । रद्द भएको परीक्षा चैत ९ गते गरिने नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनु भयो । प्रश्नपत्र आउट गर्ने शिक्षकलाई कानुन अनुसार कारबाही गरिने अधिकृत भट्टराईको भनाइ रहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा अलग विद्यालयमा दिने व्यवस्था गरेको छ । विद्यालय बिच प्रतिस्पर्धा गराई नतिजाको मूल्याङ्कन समेत गर्दै आएको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...