कक्षा आठको प्रश्नपत्र शिक्षकद्वारा आउट

Published on

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा ९कक्षा ८० को प्रश्न पत्र आउट भएको छ । आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो । नगरपालिकाको वडा नम्बर ९ जनकल्याण माविमा परीक्षा अनुगमनको क्रममा प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको थियो । प्रश्न हल भएको हुबहु चिट र कपी भेटिएपछि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

शनिबार सोही वडाको श्री मावि इमिलियाबाट प्रश्नपत्र आउट गरिएको थियो । विद्यालयबाट दुई जना शिक्षकले खाम बन्दीबाट प्रश्नपत्र निकालेर विद्यार्थीलाई हल गराइएको अनुसन्धानबाट खुलेको नगर शिक्षा समितिका सदस्य रामप्रसाद अर्यालले बताउनु भयो । ती शिक्षकले कोचिङ पढ्दै गरेका विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए । सोमबार नगर शिक्षा समितिको बैठक बसी उक्त विषयको परीक्षा रद्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेको छ । रद्द भएको परीक्षा चैत ९ गते गरिने नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनु भयो । प्रश्नपत्र आउट गर्ने शिक्षकलाई कानुन अनुसार कारबाही गरिने अधिकृत भट्टराईको भनाइ रहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा अलग विद्यालयमा दिने व्यवस्था गरेको छ । विद्यालय बिच प्रतिस्पर्धा गराई नतिजाको मूल्याङ्कन समेत गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...