श्री एयरलाइन्सको जहाजको चक्का खुस्किएपछि…

Published on

काठमाडौं । धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।

सोमबार साँझ काठमाडौँबाट धनगढी आएको कलसाइन एएनएच २२७ नम्बरको जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो। “प्राविधिक रूपमा जहाज उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ”, उहाँले भन्नुभयो। सो जहाज अवतरण भई पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा गएको बताइएको छ। जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलमा खटेका कर्मचारी र सुरक्षाकर्मीले चक्का खोजेका थिए। विमानस्थल प्रमुख सिंहले जहाजमा प्राविधिक समस्या आइ अहिलेलाई उडान भर्न अयोग्य भएको भनेर बुझ्न आग्रह गर्नुभयो। उहाँले जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको बताउनुभयो। मर्मतपछि जहाजले उडान भर्ने उहाँको भनाइ छ।

ताजा समाचार

नाइजेरियाका राष्ट्रपति द्वारा मन्त्री मण्डल हेरफेर

काठमाण्डौँ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्री परिषद् पुनः गठन गर्दै पाँच जना मन्त्रीलाई...

युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु

काठमाण्डौँ । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका...

नवलपुरमा एक जनाको हत्या

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही...

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...