श्री एयरलाइन्सको जहाजको चक्का खुस्किएपछि…

Published on

काठमाडौं । धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।

सोमबार साँझ काठमाडौँबाट धनगढी आएको कलसाइन एएनएच २२७ नम्बरको जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो। “प्राविधिक रूपमा जहाज उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ”, उहाँले भन्नुभयो। सो जहाज अवतरण भई पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा गएको बताइएको छ। जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलमा खटेका कर्मचारी र सुरक्षाकर्मीले चक्का खोजेका थिए। विमानस्थल प्रमुख सिंहले जहाजमा प्राविधिक समस्या आइ अहिलेलाई उडान भर्न अयोग्य भएको भनेर बुझ्न आग्रह गर्नुभयो। उहाँले जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको बताउनुभयो। मर्मतपछि जहाजले उडान भर्ने उहाँको भनाइ छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...