राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझावको माग

Published on

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधनका लागि सुझाव माग गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले सुझाव माग गर्नुभएको हो ।

‘नेपालको संविधान र राजनीतिक दलसम्बन्धी संघीय कानुनबमोजिम समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिद्वारा संविधानको धारा १७ को उपधारा ९२० को खण्ड (ग) अन्तर्गत राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताको उपयोग गरी राजनीतिक दल गठन, दर्ता र सञ्चालन हुँदैआएका छन्’ उहाँले चर्चा गर्नुभएको छ । नेपालको संविधानले राजनीतिक दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न र त्यसको प्रचार–प्रसार गर्न दलले आप्नो क्रियाकलाप निर्वाध सञ्चालन गर्न पाउने व्यवस्था गरेको उहाँले चर्चा गर्नुभएको छ ।

दलको सदस्यता, दलको कोष र राजनीतिक वित्त व्यवस्था, दलको विधान कार्यान्वयन, विवाद निरुपण, निर्णयको अभिलेखीकरण, स्वेच्छिक आर्थिक सहयोग र पारदर्शीता, सम्पत्ती विवरणसम्बन्धी व्यवस्था, निर्वाचन घोषणापत्र र कार्यान्वयन, दल त्याग तथा नयाँ दल दर्तासम्बन्धी व्यवस्थालगायतका विषयमा छलफल गरी ठोस निष्कर्षमा पुग्न दल तथा अन्य सरोकारवालाबाट चासो प्रकट हुँदैआएको आयोगको भनाइ छ । “संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा समयानुकूल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दलको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन हालको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ” पाण्डेयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजनीतिक दलको व्यवस्थापन र नियमन सबैको साझा सरोकारको विषय भएको हुँदा मौजुदा कानुनमा संशोधन गर्नुुपर्ने विषयमा आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत, सम्वद्ध निकाय तथा सरोकारवालालाई राय सुझाव उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।

ताजा समाचार

नाइजेरियाका राष्ट्रपति द्वारा मन्त्री मण्डल हेरफेर

काठमाण्डौँ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्री परिषद् पुनः गठन गर्दै पाँच जना मन्त्रीलाई...

युक्रेनमा पुनः रुसी आक्रमण, पाँच जनाको मृत्यु

काठमाण्डौँ । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका...

नवलपुरमा एक जनाको हत्या

काठमाण्डौँ । धारिलो हतियार प्रहार गरी नवलपुरमा एक जनाको हत्या गरिएको छ । सोही...

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

काठमाण्डौँ । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी...